A Levels MA

केयुद्वारा शिक्षक लक्षित सटटर्म कोर्स तयार

काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनले शिक्षकलाई  तालिम प्रदान गर्ने उद्देश्यले सर्टटम कोर्स  तयार गरेको छ । विद्यालय शिक्षाको सिकाइमा सुधार ल्याउने लक्ष्यले कुल २० घण्टाको कोर्स निर्माण निर्माण गरेको हो ।

स्टिम पद्धतिमा निर्माण भएको सो कोर्स  अनलाइनबाटै लिन सकिने  विश्वविदालयले जानकारी दियो ।स्कुल अफ एजुकेसनले विभिन्न शिर्षकहरुमा सर्टसम कोर्स निर्माण  गरिरहेको छ  ।प्रयोगात्मक आधारमा बनाईएको २० घण्टाको कक्षा विश्वविद्यालयले निर्धारण गरेको मापदण्ड अनुसार पूर्णरुपमा लिएको अवस्थामा प्रमाण पत्र समेत उपलब्ध गराइने उनले बताए ।

स्कुल अफ एजुकेसनका उपप्रध्यापक तथा स्टिम एजुकेसनका विभागीय प्रमुख विनोदप्रसाद पन्तले परियोजना कार्यको निर्माण र प्रयोग, विद्यार्थी मूल्याङ्कन, शिक्षण सिकाइमा कलाको प्रयोग लगायतका विषय वस्तु समावेश गरी सर्टसम कोर्स निर्माण  गरिरहेको जानकारी दिए । यो कोसबार्ट  शिक्षक तथा शिक्षक बन्नइच्छुकले लाभ लिन सक्ने विश्वविदालयले जानकारी दियो ।

Thuprai - Books and E-books