After SEE Portal

केयुले स्नातकोत्तर तहका दुईओटा नयाँ कार्यक्रमका लागि भर्ना खोल्यो

Bridge Course

काठमाडौं विश्वविद्यालय (केयु) को स्कुल अफ आर्टस्ले स्नातकोत्तर तहमा नयाँ कार्यक्रमका लागि भर्ना आवेदन खुला गरेको छ ।

स्कूल अफ आर्ट्सको विकास अध्ययन विभाग र भाषा तथा आमसञ्चार विभागले छुट्टै नयाँ कार्यक्रमका लागि भर्ना आवेदन खुला गरेका हुन् ।

(मास्टर इन उर्वान स्टडिज र मास्टर इन मिडिया स्टडिज्का लागि आवेदन खोलेको हो । इच्छुक विद्यार्थीले २१ जुनदेखि २८ जुलाइ सम्मामा आवेदन दिइसक्नु पर्ने केयुले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ । सूचनामा आवेदनको प्रवेश परीक्षा ३१ जुलाइमा लिइने भएको छ । २० अगस्ट सम्ममा भर्नाको सबै प्रक्रिया पुरा गरेर २१ अक्टोबरदेखि भर्ना सुरु गरिने भएको छ । यी दुवै कार्यक्रममा भर्ना भएका विद्यार्थी संख्याको २० प्रतिशतलाई विश्वविदालय अनुदान आयोगको छात्रवृत्ति योजना अनुसार छात्रवृत्ति प्रदान गरिने भएको छ ।

शैक्षिक सत्र २०७९ मा देखि दुई वर्से चार सेमेस्टरमा सञ्चालित कार्यक्रमका लागि भर्ना आवेदन खुला गरिएको विकास अध्ययन विभागका विभागीय प्रमुखडा. चन्द्रलाल पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार शहरी अध्ययन (मास्टर इन उर्वान स्टडिज) एमयुएसमा वर्तमान शहरीकरणको अवस्थामा सहरको विकास, समस्या तथा चुनौती र संभाव्यताको अध्ययन अध्यापन गराउने गरी विद्यार्थी भर्ना गर्न लागिएको हो । यो विषय अध्ययनका लागि स्नातक तहमा जुनसुकै विषयबाट उत्तीर्ण गरेका विद्यार्थीलाई भर्ना गरिने भएको छ ।

त्यसैगरी आमसञ्चार विभागले नयाँ शैक्षिक सत्रदेखि ‘मास्टर इन मिडिया स्टडिज्’ (मिडिया अध्ययनमा स्नातकोत्तर) को कार्यक्रम आवेदन खुला गरेको हो ।

विभागका कार्यबाहक प्रमुख सह प्राडा सुधांशु दाहालका अनुसार विशेषगरी मिडियामा काम गरेका तर एकेडेमिक प्रमाणपत्रको अभावका कारण विभिन्न अवसरबाट बञ्चित भएका र आम सञ्चारमा अन्तर्राष्ट्रिय स्तरका जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ सञ्चालन गरिएको हो । यो कार्यक्रम दुईओटा ट्रयाकबाट सञ्चालन गरिने छ । एउटा रिसर्च ट्रयाकको परिकल्पना सहित लागु भएको छ भने अर्को मिडियासंग सम्बन्धित नीतिगत सम्बन्ध स्थापित गर्न सक्ने थिङक ट्याङ्को उत्पादन गर्ने लक्ष्यका साथ यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

 

A Levels MA
Thuprai - Books and E-books