CMAT

काठमाडौं विश्वविद्यालयका एक हजार ६९९ जना विद्यार्थी दीक्षित

Bachelors Portal

काठमाडौं विश्वविद्यालयका  एक हजार ६९९ जना विद्यार्थी दीक्षित भएका छन् ।

पहिलो चरणको २८औँ दीक्षान्त समारोहमा विभिन्न सङ्कायका स्नातक, स्नातकोत्तर र विद्यावारीधि गरिसकेकालाई दीक्षित गरेको हो ।  स्कुल अफ आर्ट, स्कल अफ एजुकेसन,  स्कुल अफ इञ्जिनियरिङ, स्कुल अफ ल, स्कुल अफ म्यानेजमेन्ट , स्कुल अप, हेल्थ साइन्स र स्कुल अफ साइन्सका विद्यार्थीलाई दीक्षित गरेको  विश्वविद्यालयले जानकारी दियो ।

सो समारोहमा  विद्यावारिधि गरेका ८ जना , एमफिलका ८५ जना , स्नातक र स्नातकोत्तर तहका गरी एक हजार ६०६ जनासहित एक हजार ६९९ जना विद्यार्थी दीक्षित  गरेको छ ।

विश्वविद्यालयका अनुसार स्वास्थ्य विज्ञानका ७१२, व्यवस्थापनका ४५२, मानविकीका २२०, शिक्षाका २०२, कानूनका ४०, विज्ञान संकायका ३७, र इञ्जिनियरिङका २६ जना विद्यार्थी दीक्षित भएका छन् ।

विश्वविद्यालयबाट पहिलो पटक ‘मास्टर्स अफ इन्जिनियरिङ इन सेनिटेसन टेक्नोलोजीमा छ जना र मास्टर्स अफ साइन्स सेटिटेसन टेक्नोलोजीमा एक जना गरी सात जनालाई दीक्षित गरिएको छ । दीक्षित हुने विद्यार्थीमध्ये ७३४ जना छात्र र ९६५ जना छात्रा छन् ।

दीक्षित हुनेमा भारत, माल्दिभ्स, पोर्चुगल, अस्ट्रिया, क्यानडा, चीन, जर्मनी, इटाली, , रूस, सिङ्गापुर, स्पेन, श्रीलङ्गा, ताइवान र संयुक्त राज्य अमेरिका गरी १४ देशका १ ८६ जना विदेशी विद्यार्थी समेत रहेको विश्वविद्यालयले जानकारी दियो ।  विश्वविद्यालयबाट  अहिलेसम्म ४० हजार ३५ जना उत्तीर्ण भइसकेका छन् ।

विश्वविद्यालय राजनीतिबाट मुक्त हुनु पर्नेः प्रधानमन्त्री

प्रधानमन्त्री एवं काठमाडौँ विश्वविद्यालयका कूलपति शेरबहादुर देउवाले विश्वविद्यालय राजनीतिबाट मुक्त रही स्वतन्त्रतवरबाट प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

काभ्रेपलाञ्चोकको धुलिखेलमा बिहीबार आयोजित लाई सम्बोधन गर्दै उनले काठमाडौँ विश्वविद्यालयले विगत तीन दशकदेखि गुणस्तरीय एवं प्राविधिक शिक्षा उपलब्ध गराएर विभिन्न विधामा कर्मशील, सिर्जनशील र क्षमतावान जनशक्ति उत्पादन गरी मुलुकको आर्थिक र सामाजिक विकासमा योगदान पुर्याउँदै आएको बताए।

‘विश्वविद्यालय विद्यार्थीमा ज्ञान, सीप र दक्षता विकास गर्न तथा उहाँहरुमा लुकेको प्रतिभा र सिर्जनालाई उजागर गरी समाज र देशको हितका लागि प्रयोग गर्न सहयोग पुर्याउने पवित्र शैक्षिक केन्द्र हो’, उनले भने, ‘विश्वविद्यालयहरु राजनीतिबाट मुक्त रही स्वतन्त्रतवरबाट प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्दछ ।’

नेपालका उच्च शिक्षाको क्षेत्रमा काठमाडौँ विश्वविद्यालयको आफ्नो इमान, गरिमा र छुट्टै पहिचान रहेको बताउँदै उनले विश्वविद्यालयबाट उत्पादित जनशक्ति देशभित्र मात्र नभइ विदेशमा पनि महत्वपूर्ण संस्थामा आवद्ध भई उत्कृष्ट सेवा पुर्याउँदै आउनु सबैका लागि गर्वको विषय भएको उनले बताए ।

Thuprai - Books and E-books
I Tech store