केयुको चान्सलर पदक सिंहलाई

काठमाडौं विश्वविद्यालय (केयु) ले आज उत्कृष्ट विद्यार्थीलाई ‘चान्सलर पदक’ प्रदान गरेको छ । स्कुल अफ आर्टसअन्तर्गतको डिपाटमेन्ट अफ डेभलप्मेन्ट स्टडिजको मास्टर इन डेभलप्मेन्ट स्टडिजका  उत्कृष्ट  विद्यार्थी ऐश्वर्या रानी सिंहलाई पदक प्रदान गरेको हो ।

फोटोः काठमाडौं विश्वविद्यालय

विद्यार्थी सिंहले मास्टर इन डेभलप्मेन्ट स्टडिजका सबै विषयमा ४ जीपीए ल्याएर उत्कृष्ट भएको हुँदा पदक प्रदान गरिएको  विश्वविद्यालयका प्रवक्ता इक्कु माया पुनले जानकारी दिइन् । 

फोटोः काठमाडौं विश्वविद्यालय

सिंहलाई विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री सेरबहादुर देउवाले एक कार्यक्रमका विच बालुवाटारमा पदक हस्तान्तरण गरेका हुन् ।

Thuprai - Books and E-books