A Levels MA

६ बुँदे सहमतिपछि कोहपुर आन्दोलन स्थगित

६ बुँदे सहमतिपछि कोहपुर आन्दोलन त स्थगित भयो तर पीडितका दुवै खुट्टा गुमेको उनलाई नै थाहा छैन ।

आज पनि विभिन्न पत्रपत्रिकाले कोहलपुर दुर्घटना र त्यसबाट उत्पन्न परिस्थितिको अन्त्यका लागि भएको ६ बुँदे सहमतिलाई समाचार बनाएर छापेका छन् । कान्तिपुर दैनिकले ‘जसलाई खुट्टा गुमेको थाहा छैन’ शीर्षकमा प्रकृति चन्दको विषयलाई प्राथमिकताका साथ छापेको छ । समाचारमा प्रकृतिलाई आफ्नो दुवै खुट्टा गुमेको थाहा नभएको उल्लेख गरिएको छ ।

कान्तिपुरमै ‘कोहलपुर घटनामा घाइते प्रकृतिकी दिदी सम्झिन्छिन्, ‘‘बहिनी हाँस्दै स्कुल गएकी थिई’ शीर्षकको समाचार छापेको छ । आजको अंकमा बाँकेबाट मधु शाही लेख्छन्, पढाइ राम्रै थियो प्रकृतिको । राप्तीसोनारी गाउँपालिकास्थित शमशेरगन्जमा नगेन्द्रको घर छ । व्यवसाय गर्न र राछोरीलाई राम्रो पढाउन कोहलपुर आएका नगेन्द्रले पढाइको लोभमा  आफ्नी छोरीको खुट्टा गुम्यो । मुसुक्क हाँस्दै स्कुल जान बुबाको स्कुटर चढेकी प्रकृति दुर्भाग्य वश  अस्पतालको बेडमा पुगिन् । कोहलपुरबाट नेपालगन्जतर्फ जाँदै गरेको ना२ख ९४५९ नम्बरको ट्रकले प्रकृतिको खुट्टा किच्यो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई उद्धृत गर्दै सोमबार भएको सर्वपक्षीय छलफलमा ६ बुँदे सहमति भए पश्चात कोहलपुर आन्दोलन स्थागित भएको समाचार लेखेका छन् । बताए । राजनीतिक दल, नागरिक समाज, अभिभावक, विद्यालय व्यवस्थापन प्रतिनिधि सम्मिलित छलफलले घाइतेलाई उपचार, क्षतिपूर्ति र घटना छानबिनका लागि टोली गठन गर्न गृह मन्त्रालयलाई लेखिपठाउने सहमति गरेको हो ।

‘दुवै खुट्टा गुमाएकी छात्रा प्रकृति चन्दको शिक्षादीक्षासहित जीवनयापनका लागि उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि गृह मन्त्रालयमा अनुरोध गरिने निर्णय गरिएको छ,’ प्रजिअ खड्काले भने, ‘ठक्कर दिने ट्रकका धनी दुगड ग्रुपले घाइतेको उपचार खर्चबापत ५ लाख पठाएको छ ।’ प्रकृतिका आफन्तले भने सोमबार दिउँसोसम्म रकमबारे कुनै जानकारी नआएको र व्यक्तिगत खर्चमा उपचार भइरहेको बताएका छन् ।

त्यस्तै राजधानी दैनिकले ‘यस्तो सहमति भयो कोहलपुर घटना साम्य पार्न’ शीर्षकमा समाचार छापेको छ । समाचारमा आइतबार बिहान भएको सडक दुर्घटनापछि उत्पन्न तनाव दिनभरिको वार्ता र छलफलपछि ६ बुँदे सहमतिमा टुंगिएको छ । घटनालाई समाधानतर्फ लैजान कोहलपुरको पिपरीमा स्थानीय प्रशासनको पहलमा सर्वदलीय, सर्वपक्षीय बैठक बसेर ६ बुँदे सहमति खोजी टुंग्याएको उल्लेख गरेको छ। ‘

‘हाँसीहाँसी आऊन् उनी’ शीर्षकको समाचारमा शंकरप्रसाद खनाल लेख्छन ः ‘भान्सामा सिमीको दाल पाक्दै थियो। स्कुल जान ढिलो भयो भनेर भोकै स्कुल गई। नयाँ ज्याकेट लगाएकी थिई। फर्कीफर्की हेर्दै थिई। ट्रकले ठक्कर दियो। बेहोस भई। खुट्टा काट्नुपर्छ भनिरहेका छन्’, आइतबार बाँकेको कोहलपुर नगरपालिका(१० मा ट्रकको ठक्करबाट दुवै खुट्टा गुमाएकी १२ वर्षीया प्रकृति चन्दकी माइली दिदी पुष्पाले बैनी स्कुल जाँदाको क्षणबारे सञ्चारकर्मीसँग भनिन्, ‘मेरी बैनीको जीवनमाथि ट्रकवालाले खेलवाड गर्न पाउँछ र मेरो बैनी जसरी हाँसीहाँसी स्कुल गएकी थिई। त्यस्तै चाहिन्छ।’

प्रकृति घर परिवारका साथै विद्यालयकी पनि राम्रो विद्यार्थी भएको लेखेका छन् । परिवारमा मात्र होइन, विद्यालयमा शिक्षक र विद्यार्थीमाझ प्यारी छिन्। उनी त्रिभुवन माविमा वैशाख १८ गते कक्षा ७ मा भर्ना भएकी थिइन्। शिक्षकका अनुसार प्रकृति अनुशासित छिन्। स्वास्थ्य र नैतिक विषयका शिक्षक हरिबहादुर चन्द सबैभन्दा सानी भएकाले प्रकृतिलाई सधैं पहिलो बेन्चमा राख्ने गरेको बताउँछन्।

५० जना विद्यार्थीमा उनी टप टेनमा पर्छिन्। शिक्षक चन्दले अनुभव भने, ‘अनुशासित प्रकृति सधैं पहिलो बेन्चमै बस्थिन्। पढाइमा टप टेनमा पर्छिन्।’ प्रकृतिको खुट्टाको ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा आइतबार साँझ शल्यक्रिया गरिएको छ।  

प्रकृतिका बुवा नरेन्द्र चन्द नेपाल प्रहरीमा जागिरे थिए। ०५९ सालमा तत्कालीन विद्रोही माओवादीले जुम्ला सदरमुकाममा आक्रमण गर्दा नरेन्द्रले ज्यान जोगाए। जागिर खान थालेको ८ वर्षमै छाडे।

सम्पत्तिको नाममा शमशेरगन्जमा चार कठ्ठा जग्गा मात्र भएका नरेन्द्र दम्पत्तिलाई भविष्यमा छोरीको स्याहार सुसार कसरी गर्ने भन्ने विषयमा चिन्ता भएको अन्पूर्ण पोष्टले समाचार छापेको छ।

नयाँ पत्रिकामा यस्तो सहमति भयो कोहलपुर घटना साम्य पार्न शीर्षकमा समाचार छापेको छ ।

Thuprai - Books and E-books