After SEE Portal

काठमाडौं विश्वविद्यालयले संस्कृत भाषामा अनुसन्धान गर्ने

Bridge Course

काठमाडौँ विश्वविद्यालय (केयु) र महेश संन्यास आश्रमको महेश संस्कृत गुरुकुलविच संंस्कृत भाषामा सहकार्य हुने भएको छ । केयुको स्कुल अफ आर्ट्स अन्तर्गत सञ्चालित हिमालय सेन्टर फर एसियन स्टडिज (हिकास) र महेश संन्यास आश्रमको महेश संस्कृत गुरुकुल अन्तर्गत सञ्चालित रामानन्द अनुसन्धान केन्द्र (आरआरसी) विच सहकार्य हुने भएको हो ।

दुवै संस्थाले पौरस्त्य भाषा, संस्कृति, दर्शन, साहित्य, सभ्यता आदि विषयमा आवश्यक अध्ययन–अनुसन्धान गर्ने सहकार्यमा दुवै शिक्षालयले हस्ताक्षर गरेका छन् । सहकार्यपछि लिपिविशेषज्ञ अनुसन्धाताहरू आदानप्रदान गर्न, योग, प्राकृतिक चिकित्सा, आयुर्वेद चिकित्सा, वनौषधि चिकित्सा, चुम्बकीय चिकित्सा जस्ता विषयहरूमा शैक्षिक तथा अन्वेषणात्मक कार्यक्रमहरू सञ्चालन गर्ने सहकार्य पत्रमा उल्लेख गरिएको छ ।

औपचारिक कार्यक्रमका विच भएको हस्ताक्षर कार्यक्रममा केयुका उपकुलपति प्राडा भोला थापा र महेश संन्यास आश्रमका पीठाधीश १००८ स्वामी श्री रमणानन्द गिरिको उपस्थिति रहेको थियो । सो कार्यक्रममाहिकासका तर्फबाट स्कुल अफ आर्ट्सका कार्यवाहक डिन एक्कुमाया पुनले र आरआरसीका तर्फबाट महेश संस्कृत गुरुकुलका प्राचार्य डा गुरुप्रसाद सुवेदीले हस्ताक्षर गरेका थियो ।

फोटोःकाठमाडौँ विश्वविद्यालय

हिकासको परिचयसहित कार्यक्रमको सान्दर्भिकताबारे प्राडा सागरराज शर्माले जानकारी गराएका थिए । उक्त समारोहमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेल र पूर्वरजिस्ट्रार प्राडा भद्रमान तुलाधरले मन्तव्य व्यक्त गरेका थिए । रजिस्ट्रार प्राडा सुबोध शर्माले मन्तव्यसहित धन्यवाद ज्ञापन गरेका थियो ।

कार्यक्रममा प्राडा विद्यानाथ कोइरालाद्वारा लिखित ‘पुर्ख्यौली विज्ञान’ नामक पुस्तक उपकुलपति प्राडा थापा र प्रमुख अतिथि महेश संन्यास आश्रमका पीठाधीश गिरिबाट संयुक्त रूपमा सार्वजनिक गरिएको थियो । उक्त कृतिमाथि प्रा शिवगोपाल रिसाल र डा गोविन्दशरण उपाध्यायले टिप्पणी गरेका थिए ।

 

A Levels MA
Thuprai - Books and E-books