After SEE Portal

तीन महिनादेखि काठमाडौंको शिक्षा विभाग प्रमुख विहीन  (साप्ताहिक शैक्षिक गतिविधि फागुन ३ -११)

Bridge Course

यो हप्ता पनि काठमाडौ महानगरपालिकाको शिक्षा विभागले नयाँ विभाग प्रमुख पाउन सकेन । पूर्व विभाग प्रमुख निर्मला केसीले विभाग छाडेको तीन महिना बिति सक्यो तर अहिलेसम्म काठमाडौं महानगरपालिका निमित्तका भरमा चलिरहेको छ ।

दलगत गुटका कारण १३ जना सहसचिवले आपूm निकटका मन्त्री तथा नेतालाई हारगुहार मागेपनि अहिलेसम्म यसको छिनोफानो हुन सकेको छैन । सहमति लिएका उसिचिवहरुले शक्तिशाली नेताहरूको ढोका ढक्ढक्याइ रहेका छन् ।

धनुषाको नगराइन नगरपालिकाबाट माडीमा सरुवा भएका पुष्प ढकालले गत कात्तिक ४ गते महानगरपालिकामा प्रमुखका लागि सहमति लिए ।

शंखरापुर नगरपालिकाका शिक्षा विभाग प्रमुख बौधराज निरौलाले गते मंसिर २ सहमति लिएको भएपनि महानगरपालिाकले अहिलेसम्म प्रमुख नियुक्त गर्न सकेको छैन ।

त्यस्तै रामप्रसाद सुवेदी, गोविन्दप्रसाद शर्मा, शिवप्रसाद रेग्मी, ईश्वरीप्रसाद पोखरेल, ज्ञानेन्द्र वन, दिवाकर चापागाईंले महानगरपालिकाबाट सहमति लिइसकेका छन् । दामोदर चापागाईं , रमा अर्याल पन्थी, कर्णबहादुर कुँवर र सीताराम कोइरालाले पनि सोही पदका लाग सहमति लिएका छन् । ।

सहमति लिने अधिकांशले मंसिरमै सहमति लिएका हुन् । मंसिरमा खाली भएको सो पदका लागि सबैले आफू योग्य रहेको बताउँदै आए पनि सो पद अहिलेसम्म खाली नै रहेको छ ।

सहमति लिने मध्ये दुईजना अधिकृत र ११ उपसचिवस्तरका छन्।

सहमति लिएकामध्येबाट तीनजनाको नाम सिफारिस गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाएको जानकारी महानगरपालिकाका स्रोत ले दियो । स्रोतका अनुासर ‘करिब डेढ महिनाअघि तीनजनाको नाम मन्त्तालयमा पठाएको भएपनि अहिलेसम्म मन्त्रालयले यियुत्त गर्न सकेको छैन ।

एक निजी विद्यालयले सामुदायिक विद्यालयका तीन जना पूर्व प्रभानाध्यापकलाई सम्मान गरेको विषयले भक्तपुरको शिक्षा जगतमा निकै चर्चा पायो ।

भक्तपुरको रोम्बस सेकेण्डरी स्कुलले तीन जना प्रधानाध्यापकलाई ‘भक्तपुर शैक्षिक रोशन’ पदक प्रदान गर्नु भनेको सामुदायिक विद्यालयमा पनि विद्यालय प्रशासनले चाह्यो भने राम्रा र उच्कृ ट कामगर्न सक्छ भन्ने कुराको प्रमाण भएका शिक्षा विद्हरुले प्रतिक्रिया दिए ।

सम्मानित हुनेहरूमा वागीश्वरी माविका पूर्व प्रधानाध्यापक मोहनप्रसाद प्रजापति, बासु माविका पूर्व प्रधानाध्यापक बालमुकुन्द बासुकला र जोरपाटी मावि तथा देवी माविका पूर्व प्रधानाध्यापक शेरबहादुर ङाखुसी रहेका छन् ।

त्यस्तै नेपालका सामुदायिक विद्यालयमा रिक्त रहेको ३९ हजार शिक्षक शिक्षक दरबन्दी मिलान गर्न नसकेको भन्दै सरकारको आलोचना भईरहेका बेला शिक्षा मन्त्रालयले स्वयम् सेवक शिक्षक परिचालन कार्यविधि, २०७६ सार्वजनिक गर्यो ।

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले पटक पटक सामुदायिक विद्यालयमा चैत्र भित्र शिक्षक दरबन्दी व्यवस्थापन गरिने सार्वजनिक अभिव्यक्ति दिँदै आए पनि फागुनमा कार्यविधि लागु गरेर चैत्रमा शिक्षक दरबन्दी व्यवस्थापन गर्न नसकिने प्रष्ट छ ।

कार्यविधि कार्यान्वयन भएपछि यो शैक्षिक सत्र भित्र शिक्षक विद्यार्थी अनुपातका आधारमा शिक्षक समायोजन हुनसक्नेमा आशावादी हुने सकिने विज्ञहरु बताउँछन् ।

नेपाल केमिकल सोसाइटीले आगामी नोधेम्बरमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । सोसाइटीले अर्को वर्ष देखि एक एक जना शिक्षकलाई शिक्षक अवाडसमेत प्रदान गर्ने भएको छ ।  सोसाइटीले आफ्नो ३४ औं वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा यस्तो घोषणा गरेको हो ।

A Levels MA
Thuprai - Books and E-books