After SEE Portal

कर्णाली प्राविधिक शिक्षालय गौचरणमा परिणत

Bridge Course

नेपालको सबैभन्दा पुरानो कर्णाली प्राविधिक शिक्षालय उचित संरक्षणको अभावमा गौचरणमा परिवर्तन हुँदै गएको छ । शिक्षालयको कम्पाउण्ड समयमा नै घेराबारा नगरिँदा छाडा छोडिएका चौपायालाई सुरक्षित चरण क्षेत्रमा परिवर्तन हुँदै गएको छ । विशेषगरी साझ, बिहान कम्पाउण्ड भित्र दैनिक दर्जनौं चौपायाको चरण क्षेत्र बनेको छ ।

राससका अनुसार भवन सबै ध्वाजा फाटेका छन् । शिक्षालयभित्र हिँड्ने बाटो उप्किएको छ । शिक्षालयमा खानेपानीको चरम अभाव छ । यसका कारण विद्यार्थी र शिक्षक प्रदूषित पानी पिउन बाध्य छन् । भौतिक संरचना पुनःनिर्माण त के मर्मतसमेत हुन सकेका छैनन् । चुहिने छानामा विद्यार्थी शिक्षक बस्न बाध्य भएका छन् ।

एकताका यहाँका महिला विद्यार्थी सिन्दुर हालेर शिक्षालय बाहिर जानु पर्दथ्यो । प्राविधिक शिक्षालय जस्तो गरिमामय महत्व बोकेको शिक्षालय निकै छाडा र उजाड बनेको यहाँका स्थानीयवासी बताउँछन् ।

शिक्षालयका प्रमुखमा २६ जना फेरिएका छन् । शिक्षालयको मुहार र स्वरुप पुरानै प्रकृतिको छ । शिक्षालयको मर्मतसंभार र संरक्षणमा कसैको चासो नपुगेको स्थानीयवासी कर्णबहादुर भण्डारीले बताए। ‘हरेक क्षेत्रको मुहार कोर्ने प्राविधिक जन्माउने यो थलो अहिले उजाड हुन पुगेको छ । भवनमा लगाएका चुना पुरानो भएको छ । भवन भत्किएका छन् । घेरबार नहुँदा शिक्षालय असुरक्षित छ ।’ उनले भने, ‘सरोकारवाला निकाया रमिते बनेर टुलुटुलु हेरिराखेको छ । यो जस्तो लाजमर्दो विषय अरु हुन सक्दैन ।’

छ सय ५२ रोपनी क्षेत्रफलभित्र रहेको शिक्षालय निकै उद्देक लाग्दो छ । विकासको प्रतिक्षा गरिरहेका अवस्थामा छ । शिक्षालयका शौचालय फोहर छन् ।

सङ्घीयता आइसकेपछि प्राविधिक शिक्षालयको अवस्था गिर्दो छ । हरेक कार्यालय प्रमुखको प्रतिवेदनमा यहाँको विकास राम्रो भए अवस्था नफेरिएको स्थानीय बताउँछन् ।

शिक्षालयका प्राचार्य टेकेन्द्र थापाले शिक्षालयको अवस्था निकै नाजुक भएको बताए । उनले गत १८ गतेदेखि प्राचार्यका रुपमा कार्यभार सम्हाल्नुलेका हुन् । अबको पाँच वर्षमा शिक्षलयको मुहार फेर्ने गरी कार्ययोजना ल्याउन लागेको उनले बताए । ‘चालिस वर्ष पुराना संरचनाको मर्मत हुनेछ । नाला सफा गर्नेदेखि आधुनिक शौचालय निर्माणसम्म हुनेछन् ।’ उनले भने, ‘शिक्षालय परिसरमा चौपाया निशेध गरिनेछ, पहिलेकै अवस्थामा आकर्षक संरचना निर्माण भएका हुनेछन् ।’

शिक्षक, प्रशिक्षक, कर्मचारी र विद्यार्थी बदलिन्छन् । प्राविधिक शिक्षालयको संरचना पुरानै ढर्राको छ । प्राविधिक शिक्षालयसँग सरोकार राख्ने निकाय, अभिभावक, स्थानीय र स्थानीय सरकार सबैसँग बसेर शिक्षालयको अवस्थामा सुधार ल्याउने प्रयास हुने प्राचार्य थापाले जानकारी दिए ।

अहिले डिप्लोमातर्फ चार विषयको पढाइ भइरहेको छ । विसं २०६५ मा डिप्लोमा सिभिल इञ्जिीनियर, २०६६ सालमा आइएस्सीएजी प्लान्ट साइन्स, २०७४ मा फरेस्ट्री र २०७७ मा फार्मेसी पठनपाठन गराउँदै आएको छ ।

आगामी दिनमा डिप्लोमा भेटनरीतर्फको कक्ष सञ्चालनका लागि पहल हुने प्राविधिक शिक्षालयले जनाएको छ । यो कक्षा सफल भएको खण्डमा एग्रो इञ्जिनीयर पढाइका लागि लविङ शुरु हुनेछ । प्रवेशिका परीक्षा मुनितर्फ सब ओभरसियर र जेटिएको पठनपाठन भइरहेको छ ।

A Levels MA
Thuprai - Books and E-books