After SEE Portal

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिको महत्वकांक्षी २१ जना

Bridge Course

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपकुलपतिका लागि २१ ले आवेदन दिएका छन् । गत फागुन १६ गते तत्कालीन उपकुलपति प्राडा राजेन्द्रराज वाग्लेको पदावधि सकिएपछि उक्त पदका लागि खुला दरखास्त आव्हान गरिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत फागुन २४ गते उपकुलपतिको पदावधि सकिएका तीन प्रतिष्ठानका रिक्त उपकुलपति छनोटका लागि सात दिनको समयावधि राखेर दरखास्त आव्हान गरेको थियो ।

कर्णाली सहित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति छनोटका लागि दरखास्त आव्हान गरेको हो ।

मन्त्रालयले कर्णालीमा फागुन १७ गते प्रतिष्ठानका अस्पताल निर्देशक डा मङ्गल रावललाई आर्थिक तथा प्रशासनिक अधिकारसहितको निमित्त उपकुलपतिको जिम्मेवारी प्रदान गरेको थियो । त्यस्तै मन्त्रालयले पाटनमा उपकुलपतिको कार्यभार सम्हाल्न शिक्षाध्यक्ष र पोखरामा डीनलाई निमित्त उपकुलपतिको जिम्मेवारी प्रदान गरेको थियो ।

उपकुलपतिका लागि प्रतिष्ठान पाटन र प्रतिष्ठान पोखरामा १२÷१२ को आवदेन परेको छ भने प्रतिष्ठान कर्णालीमा २१ जनाले उपकुलपतिका लागि आवेदन दिएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि कार्यवाहक उपकुलपति डा मङ्गल रावल, निवर्तमान उपकुलपति प्राडा वाग्ले, डीन डा रेशम राना, रेक्टर निरेश थापा, डा सूर्यमान लिम्बू, प्राडा तरुण पौडेल, डा राजीव साह, प्राडा रामप्रसाद उप्रेतीलगायत २१ ले आवेदन दिएका छन् ।

त्यसैगरी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि कार्यवाहक उपकुलपति प्राडा राजेशनाथ गङ्गोल, रजिष्ट्रार प्राडा पारसकुमार आचार्य, प्राडा गेहनाथ बराल, प्राडा राजेन्द्र वाग्लेलगायत १२ ले आवेदन दिएका छन् ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि डा ध्रुव अधिकारी, डा भरत खत्री, डा डुपबहादुर क्षेत्री, डा श्रीकृष्ण श्रेष्ठ, डा विजय अर्याललगायत १२ को आवेदन परेको छ ।

सरकारले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीको अध्यक्षतामा गठन गरेको सिफारिस समितिले आवेदकमध्येबाट तीनको नाम उपकुलपतिका लागि कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सिफारिस गर्नेछ ।

उक्त सिफारिस समितिमा स्वास्थ्य सचिव लक्ष्मण अर्याल र राष्ट्रिय योजना आयोगका शिक्षा र स्वास्थ्य हेर्ने उषा झा सदस्य रहेको सर्च कमिटि गठन गरिएको छ ।

प्रतिष्ठान जुम्लामा उपकुलपतिमा आकर्षण बढ्नुमा उपकुलपति योग्यताको जनशक्ति प्रतिष्ठानमै रहेको र अन्य प्रतिष्ठानमा भन्दा राम्रो सेवा सुविधा भएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए ।

स्वास्थ्य मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्य नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ मा उल्लेखित योग्यता पुगेका इच्छुक उम्मेदवारलाई रीतपूर्वको निवेदन सम्बन्धित प्रतिष्ठानलाई प्रभावकारी सञ्चालन गर्न तयार पारिएको सिलबन्दी व्यावसायिक कार्ययोजना पेश गर्न सो दरखास्त आव्हानको सूचनामा उल्लेख गरिएको थियो ।

A Levels MA
Thuprai - Books and E-books