After SEE Portal

शैक्षिक सामग्रीको अभाव झेल्दै मुक्त कम्लरी

Bridge Course

भीमदत्तनगर, १३ वैशाख (रासस): कञ्चनपुर बेलौरी नगरपालिकाकी २० वर्षीया पार्वती चौधरी स्थानीय साहुको घरमा करीब चार वर्ष कम्लरी बस्नुभयो ।

घाँटीको क्यान्सरबाट आमा रामधनिया चौधरीको मृत्यु भएपछि उनी साहुको घरमा कम्लरी बस्न बाध्य हुनुभयो । 

सात वर्षअघि कम्लरी बसेको थाहा पाएपछि उनलाई विभिन्न निकायको सहयोगमा उद्धार ग¥यो । कञ्चनपुर भीमदत्तनगरपालिका–१२ ऐरीस्थित पूर्ण माविको छात्रावासमा बस्दै आएकी चौधरी अहिले कक्षा ११ मा अध्ययनरत छिन् ।

‘भारतमा मजदूरी गर्न गएका बुबाआमा बितेको चार वर्षसम्म नआएपछि म कम्लरी बस्न गएको थिएँ’ उहाँले भन्नुभयो, “त्यो रहर नभइ बाध्यता थियो ।” 

कम्लरीबाटमुक्त भएका किशोरीलाई सरकारले अध्ययनका लागि छात्रवृतिस्वरुप मासिक रु चार हजार उपलब्ध गराउने गरेको भए पनि पार्वतीको हातमा भने मासिक रु पाँच सय मात्रै पर्छ ।

विद्यालय व्यवस्थापनले पार्वती जस्तै मुक्तकम्लरी बस्दै आएको छात्रावासबाट प्रतिव्यक्ति मासिक रु तीन हजार पाँच सय व्यवस्थापन खर्चवापत लिने गरेका छन् । ‘सरकारले दिएको रकमले अध्ययन गर्नै नसकिने अवस्था भयो’, पार्वतीले रासससंग भन्नुभयो, “महीनाको पाँच सयले त विद्यालयको ड्रेस धुन सावुन किन्न पनि पुग्दैन ।”

कक्षा १० सम्म अध्ययनसँगै शैक्षिक सामग्री स्कुलबाट निःशुल्क उपलब्ध गराइँदै आएको छ । प्रवीणता तह अध्ययन गर्ने मुक्तकम्लरी विद्यार्थी हाल शैक्षिक सामग्रीको अभाव झेल्दै आएका छन् ।

‘कापी, किताब मिल्ने भनेको १० कक्षासम्म मात्रै हो’, छात्रावासमा बस्दै आएकी बन्दना चौधरीले भन्नुभयो, “महङ्गीले हामीलाई त अध्ययनमा समस्या भएको छ ।” उहाँले फाटफुट रुपमा विभिन्न दात्री निकायबाट सहयोग पाइरहेको बताउनुभयो । स्वास्थ्य उपचारमा पनि कम्लरी विद्यार्थी समस्यामा रहने गरेका छन् ।

‘पढेर रोजगारी मिल्ने त धेरै टाढाको कुरो भइसक्यो’, उहाँले भन्नुभयो, “सरकारले कम्लरीका लागि रोजगारीमा प्राथमिकता दिनुप¥यो ।” वर्षसम्म काठमाडौँमा काम गरेकी बन्दना कक्षा–७ मा अध्ययनरत छिन् । ‘लत्ताकपडा र शैक्षिक सामग्रीका लागि स्थानीय तहले पनि पहल गरिदिएको छैन ।” उहाँले भन्नुभयो, “पढेर के गर्ने थाहा नै छैन ।”

मुक्त कम्लरीले आफूहरुलाई सीपमूलक तालीम तथा प्रशिक्षण दिनुपर्ने माग गरेका छन् । त्यसैगरी छात्रावासमा रहेकी भीमदत्तनगरपालिका–२ की सीमा चौधरीले विद्यालय प्रशासनबाट ठूलो सहयोग मिलेको बताउनुभयो ।

‘घरमा पनि आर्थिक समस्या विकराल बनेर आफन्तकैमा कम्लरी बसे’, उहाँले भन्नुभयो, “अहिले पनि फेरि अवस्था उस्तै आउने चिन्ता लाग्छ ।” छात्रावासमा आश्रय लिइरहेका सबै किशोरी थारु समुदायका हुन् ।

यता कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा भने कम्लरीबाटमुक्त भएका २०१ किशोरीे सहकारीमा आवद्ध छन् । मुक्तकम्लरी विकास मञ्चलाई सहयोग गर्दै आएको नेपाल युथ फाण्डेशन नेपालका परियोजना सहायक चन्द्र कुँवरले सहकारीलाई सहयोग भइरहेको बताउनुभयो ।

मञ्चकै सहयोगमा विसं २०६७ मा मुक्तकम्लरी बचत तथा ऋण सहकारी संस्था स्थापना भएको हो । कञ्चनपुरमा मुक्तकमैयाका सात वटा सहकारीमा ३९४ आवद्ध छन् ।

सहकारीबाट ऋण लिएर व्यवसाय गर्नुका साथै संस्थामार्फत व्यवसाय तथा सीपमूलक तालीम दिइँदै आएको नेपाल युथ फाण्डेशन नेपाल परियोजना सहायक कुँवरले जानकारी दिनुभयो ।

A Levels MA