After SEE Portal

महानगरपालिकाद्वारा जंक फुड निषेध, बार्षिक शैक्षिक क्यालेण्डर सार्वजनिक (क्यलेण्डरसहित)

Bridge Course

एकीकृत पाठ्यक्रम कार्यान्वयन गर्नुपर्ने, केन्द्रको स्वीकृत नगरका पाठ्यपुस्तक पढाउन नपाइने, तीन महिनामा एक पटक अभिभावक भेला गर्नुपर्ने, दिवा खाजाको रकम र शिक्षक तलब क्रमशः ७र २५ गते नै माग गर्नुपर्ने, हरेक शुक्रबार श्रमदान अनिवार्य, जंक फुड निशेष,विद्यालय परिसरबाट पुस्तक, पोसाक तथा स्टेशनरी सामग्री बिक्री वितरण गर्न नपाइने 

काठमाडौं महानगरपालिकाले सबै विद्यालयलाई प्रारम्भिक बाल कक्षा (ईसीडी) देखि कक्षा ३ सम्म एकीकृत पाठ्यक्रम कार्यान्वय गर्न निर्देशन दिएको छ ।

महानगरले एकीकृत शिक्षण सिकाइ क्रियाकलाप र शत प्रतिशत आन्तरिक मूल्याङ्कन कार्यान्वयन गर्ने विद्यालयलाई निर्देशन दिएको छ ।

महानगरले कक्षा तीन सम्मको थिमगत सिकाइ उपलब्धि तथा अन्य कक्षाका विद्यार्थीको आन्तरिक मूल्याङ्कनको बारेमा जानकारी गराउन हरेक तीन महिनामा कम्तीमा एकपटक अभिभावक भेला राख्नु पर्ने निर्देशन दिएको छ ।

कक्षा १–१२ मा पाठ्यक्रमले तोके बमोजिमको आन्तरिक मूल्याङ्कन गरी सोको अभिलेखीकरण अनिवार्य रूपमा गर्नुपर्ने छ

पाठ्यक्रम प्रारूप २०७६ मा आधारित भएर शिक्षण गर्नुपर्ने

महानगरले  विद्यालयलाई अनिवार्य राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६, अनुरूप विकास गरिएको पाठ्यक्रममा आधारित भई शिक्षण सिकाइ क्रियाकलाप तथा मूल्याङ्कन प्रणाली अवलम्बन गर्नु पर्ने  निर्देशन दिएको छ ।

केन्द्रले स्वीकृत गरेका पाठ्यपुस्तक मात्र पढाउन पाइने

केन्द्रले स्वीकृत गरेभन्दा बाहेकका कुनै पनि पाठ्यपुस्तक प्रयोग गर्न नपाइने महानगरपालिकाले जानकारी दियो ।

विषयगत शिक्षकबाटै प्रश्नपत्र निर्माण गनुपर्ने

 सम्बन्धित विद्यालयका विषय शिक्षकहरूबाट प्रश्नपत्र तयार पारी त्रैमासिक परीक्षा सञ्चालन गर्नुपर्ने छ ।

कक्षा ८ को महानगरस्तरीय परीक्षा केन्द्रगत रूपमा सञ्चालन गरिने महानगरले जनाएको छ ।

कक्षा १–१२ का हरेक कक्षा र विषयका आवधिक परीक्षाका लागि तयार पारिएका शिक्षक निर्मित प्रश्नपत्रहरूको सफ्टकपी सम्बन्धित स्रोतकेन्द्रमा बुझाउनुपर्ने नियम बनाएको छ ।

हरेक महिनाको ७ गतेभित्र दिवा खाजाको रकम माग गर्नुपर्ने सामुदायिक विद्यालयहरूले हरेक महिनाको ७ गतेभित्र अघिल्लो महिनाको दिवा खाजाको रकम माग गर्नुपर्ने छ ।

त्यसैगरी  सामुदायिक विद्यालयहरूले हरेक महिनाको २५ गतेभित्र सो महिनाको तलबभत्ता माग गर्नुपर्ने छ ।

शैक्षिक क्यालेण्डरमा उल्लेख भएका भन्दा थप बिदा नपाइने

शैक्षिक क्यालेण्डरमा उल्लेख भएका बिदा र थप स्थानीय बिदाबाहेक कुनै पनि दिन (जस्तैः परीक्षा तयारी, वार्षिकोत्सव तयारी, उत्तरपुस्तिका परीक्षण, महिनाको अन्तिम बार आदिका नाममा) विद्यालयका शैक्षिक गतिविधि अवरुद्ध गर्न नपाइने महानगरपालिकाले जनाएको छ ।

प्रवेश परीक्षा शुल्क लिन नपाइने

विद्यालयले भर्नाको लागि प्रारम्भिक बाल कक्षामा तथा अन्य विद्यालयबाट अघिल्लो कक्षा उत्तीर्ण गरी ग्रेडसीटसहित आएका विद्यार्थीको प्रवेश परीक्षा तथा प्रवेश परीक्षा शुल्क लिन नपाइने महानगरले नियम बनाएको छ ।

मेरिटका आधारमा भर्ना गर्नुपर्ने

विद्यालयको क्षमताभन्दा बढी विद्यार्थीले भर्नाका लागि आवेदन दिएमा आवेदन दिएमा गोला प्रथा वा पहिला आउनेलाई प्राथमिकता दिई भर्ना गर्नुपर्ने छ ।

निलो रंग लगाएका शुक्रबार कक्षा ४ देखि ८ मा उपसमूहहरुमा आधारित सिर्जनात्मक सिकाइ र कक्षा १० मा शिक्षामा सिप कार्यक्रम (बुक फ्रि फ्राइडे)  सञ्चालन गर्नुपर्ने  शैक्षिक क्यालेण्डरमा उल्लेख छ ।

हरेक शुक्रबार श्रमदान अनिवार्य

श्रम संस्कृतिको विकास गराउन हरेक शुक्रबार विद्यालय तथा आसपासका क्षेत्रमा बालबालिका तथा वातावरण उपसमूहको अगुवाइमा विद्यार्थी र शिक्षकको सहभागितामा एक घण्टा सुन्दर तथा हरित विद्यालय प्रवर्धनका लागि श्रमदान अनिवार्य रूपमा सञ्चालन गर्नुपर्ने भनेको छ ।

जंकफुड निषेध

विद्यालय हाताभित्र चाउचाउ, बिस्कुटजस्ता न्यून तथा अल्प पोषक खाद्य पदार्थ निषेध गरिएको छ ।

विद्यालयले हरेक दिन उपलब्ध गराउने दिवा खाजाको लागि स्थानीय उत्पादनमा आधारित खाद्यवस्तुलाई प्राथमिकता दिनुपर्ने छ ।

हरेक शुक्रबारको दिवा खाजामा रैथाने प्रजातिका खाद्यवस्तुको उपयोग गर्नुपर्ने छ ।

कुनै पनि विद्यालयले विद्यालय परिसरबाट पुस्तक, पोसाक तथा स्टेशनरी सामग्री बिक्री वितरण गर्न नपाइने महानगरपालिकाले जनाएको छ ।

यस्तो छ काठमाडौ महानगरपालिको बार्षिक शैक्षिक क्यालेण्डर

A Levels MA