After SEE Portal

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा जोशी

Bridge Course

वाग्मती प्रदेश मन्त्रिपरिषद्को भर्खरै सकिएको बैठकले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्राडा विश्वराज जोशीलाई नियुक्त गरेको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको बैठकले प्रतिष्ठानको उपकुलपतिमा प्राडा जोशीलाई ४ वर्षका लागि नियुक्त गरेको प्रदेश सरकारका प्रवक्ता कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए ।

'उपकुलपति पाएसंगै प्रतिष्ठान सञ्चालन कार्य अगाडि बढाउन सहज भएको छ ।'  प्रवक्ता ढुङ्गेलले भने, 'यो प्रतिष्ठान प्रदेशका जनताको आशाको केन्द्र विन्दु भएकाले यसको सञ्चालन अब चाँडै हुने छ ।'

वीर अस्पतालमा युरोलोजिष्ट प्रमुख र सोही अस्पतालका नेसनल एकेडेमी अफ मेडिकल साइन्सको रजिस्ट्रारको जिम्मेबारी समेत सम्हालिसकेका छन्  । जोशीले सन् १९७४ मा एमडी र १९८३ मा डाक्टर उपाधि हासिल गरेका थिए ।

A Levels MA
Thuprai - Books and E-books