A Levels MA

निर्देशकसहित चार उपप्राध्यापकको संयुक्त राजीनामा

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन् ।

निर्देशक अर्जुनबहादुर अयडी, उपप्राध्यापक सुजन पन्त, महेशकुमार शाही र सुजाता मानन्धरले पदबाट आइतबार सामूहिक राजीनामा दिएका हुन् ।

फागुन १७–१९ गते सञ्चालन गरिएको स्कूल अफ ल अन्तर्गतको स्नातक तहको शैक्षिक सत्र २०७७÷०७८ को नयाँ भर्नाका लागि लिइएको लिखित तथा मौखिक परीक्षाको नतिजा प्रकाशनका सम्बन्धमा उपकुलपति र रजिष्ट्रारबाट मानमर्दन हुनेगरी प्रश्नचिह्न खडा गरिएको भन्दै उनीहरुले संयुक्त राजीनामा दिएको हिजो एक विज्ञप्ति प्रकाशित गरी जानकारी दिएका छन् ।

उनले सो टोलीमा आफूहरु रहिरहन नैतिकताले नदिएको भन्दै संयुक्त राजीनामा दिएको जानकारी दिए ।

उपकुलपति र रजिष्ट्रार दुवैले आफ्नो पेशागत मर्यादा, नैतिकता, निष्पक्षता, क्षमता र पदीय आचारणमाथि मानमर्दन मात्र नभई अनावश्यकरूपमा आफूहरुलाई अपहेलित हुने व्यवहार गरेको हुँदा आफूहरु पदमा रहिरहन उपयुक्त नभएको भन्दै सामूहिक राजीनामा दिएको निर्देशक अयडी बताए।

तीन दिनसम्म लिइएको बीएलएलबीको लिखित तथा मौखिक परीक्षामा अनियमितता भएको भन्दै विद्यार्थीहरुले रजिष्ट्रार कार्यालयमा निवेदन दिएका थिए ।

प्रवेश परीक्षामा सम्मिलित भएका तर चिनजान र भनसुनको भरमा नतिजा प्रकाशन गरिएको भन्दै नाम प्रकाशन गरिएकाहुँदा उक्त परीक्षा सम्बन्धित विषय विशेषज्ञको संलग्नतामा पुनः परीक्षा गर्नुपर्ने माग गर्दै केही विद्यार्थीले रजिष्ट्रारको कार्यालयमा निवेदन दर्ता गराएका थिए ।

विश्वविद्यालयका रजिष्ट्रार प्राडा नारायणप्रसाद पौडेलले प्रवेश परीक्षाका विषयमा आएका विद्यार्थीका गुनासासहितको निवदेनमाथि अध्ययन भइरहेको जानकारी दिए ।

विद्यार्थीहरुले भनेअनुसार त्यसरी कमजोरी भएको देखिँदैन यद्यपि एउटा संस्थामाथिको आरोपका विषयमा छानविन गर्नै पर्ने उपकुलपति प्राडा नन्दबहादुर सिंहले बताए । उनले यो विषयमा छानबिन गरी तत्काल समस्या समाधान तर्फ विश्वविद्यालयले कदम चाल्ने जानकारी दिए ।

Thuprai - Books and E-books