After SEE Portal

जनप्रभात माध्यमिक विद्यालयको भवन निर्माण सम्पन्न

Bridge Course

काठमाडौँ, २३ असोज (रासस) ः जनप्रभात माध्यमिक विद्यालयले कक्षा ११ र १२ सञ्चालनका लागि रु ६५ लाखको लागतमा नयाँ भवन बनाएको छ । 

विद्यालयले सञ्चालन गर्न लागेको नयाँ कक्षाका लागि बनाइएको दुई तले उक्त भवनमा चार कोठा छन् । काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले भवनको उद्घाटन गर्दै महानगरभित्रका सामुदायिक विद्यालयमा निःशुल्क भर्नाको व्यवस्था भएपनि विद्यार्थी सहभागिता बढ्न नसकेकाले अनिवार्य भर्ना अभियान चलाउनुपर्ने बताउनुभयो । सामुदायिक विद्यालयले राम्रो पाठ्यक्रमको विकास गरी निजी विद्यालयसँग गुणस्तरीय प्रतिस्पर्धा गर्न उहाँले सुझाव दिनुभयो । 

विद्यालयका अध्यक्ष रामशरण डङ्गोलले शिक्षाका माध्यमबाट समाजमा शान्ति स्थापना गरी आर्थिक विकास र समृद्धि कायम गर्न सकिने बताउनुभयो । विसं २००८ मा स्थापना भएको सो विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन हुने गरेको छ । माध्यमिक तहमा विद्यार्थीको आकर्षण बढ्दै गएको उक्त विद्यालयमा ५५४ विद्यार्थी तथा ४९ शिक्षक छन् । 

A Levels MA