After SEE Portal

पाठ्यपुस्तक प्रधान र पाठ्यक्रम गौण मान्नु गलत

Bridge Course

पाठ्यक्रममा के छ ? त्यो थाहा छैन रे ! तर किताबमा भएका सबै पाठ राम्ररी पढाउने गरिएको पाँचथरमा विगत एक दशक अगाडिदेखि प्राथमिक तहमा अध्यापन गर्दै आएकी एक शिक्षिकाले बताइन् । उनी जस्तै छन् कैलालीका कक्षा ११ र १२ मा नेपाली विषय पढाउने शिक्षक पनि । उनलाई माविको आफ्नो विषयको पाठ्यक्रम कस्तो छ भन्ने थाहा नभए पनि राम्रोसंग झुट बोल्छन् । उनले पाठ्यक्रम पढ्न भ्याएका छैनन् , किनकि उनी शिक्षकका साथमा नेता पनि हुन् । फुर्सद हुन्न रे उनलाई । भन्छन्, ‘सिलेवल्स अनुसार पढाएका छौ, समयमा नै पाठ्यपुस्तक पढाइ सक्छौं ।’

अर्को रोचक पक्ष छ । ‘मेरो छोरो अहिले कक्षा २ मा पढ्छ, एकीकृत पाठ्यक्रम अनुसार साझा थिममा म र मेरो परिवार भन्ने शीर्षक दिइएको रहेछ त्यो पाठ पढाउने शिक्षकले तिम्रो आमाको पेशा के हो ? भन्ने प्रश्नको उत्तर लेखेर ल्याउन भनेकी रहेछिन् ।’ मेरो एक जना साथीले विगत सम्झदैं भनिन्, ‘मैले छोरालाई मेरी आमा पत्रकार हुन् । लेख्न लगाए, शिक्षकले उत्तर गलत भनेर रातो कट्टि दिएछन् छोरो रोएर रातभरि सुतेन ।’

‘तिम्रो वरिपरिको वातावरणको बारेमा लेख भनेर गृहकार्य दिइएको रहेछ, मैले सोलुखुम्बुको बारेमा भनिदिए छोरीले त्यही लेखी , कक्षामा देखायो शिक्षकले गलत जवाफ बुकमा भएको ठाउँको बारेमा लेखेर आऊँ भनेर पुनः सोही प्रश्न गृहकार्यका रुपमा गर्न लगाइन् ।’ अर्की एकजना आमा अभिभावकले भनिन्, ‘ममी तपाईंलाई केही आउँदैन अबदेखि होमवर्क आफैं गर्छु टिचर कुट्नुहुन्छ ।’

यी त प्रतिनिधि घटना मात्र हुन् । अधिकांश अभिभावकको अहिलेको गुनासो एकै प्रकारको छ । आफ्ना छोराछोरीले किताबमा लेखिदिएको पेसा व्यावसाय होइन आफ्नै परिवारको बारेमा भन्ने सकुन् ।

आफ्नै समाज र परिवारका बारेमा सिक्न सम्भव छ त ?

यस्तो नहोस् पनि कसरी ? नयाँ शैक्षिक सत्र सुरु भएको छ । भर्ना धमाधम हुँदैछ । पाठ्यपुस्तक पनि बाँडिदैछन् । हाम्रो संस्कार नै यसरी नै विकास भएको छ । मुलधार भनिने छापा हुन् वा ठुला भनिने विद्युतीय सञ्चार माध्यम ! अहिले सबैतिर यो जिल्लामा पाठ्यपुस्तक पुग्यो । बाडियो । पुग्न बाँकी । छापिसक्यो । कक्षा ६ देखि जनक शिक्षाले छाप्यो । कक्षा १–५ का निजीले । प्रधानमन्त्री, शिक्षा मन्त्रीले निर्देशन दिएपछि चाँडो भयो । राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समिति, शिक्षा तथा स्वास्थ्य समितिको निर्देशन ! भन्ने समाचारले प्राथमिकता पाउने गरेको छ । तर, कसैले पनि विद्यालयमा पाठय्क्रम अनुसार क्रियाकलाप सञ्चान गर्नुपर्छ, निर्धारित सिकाइ उपलब्धि हासिल गर्न पाठ्यपुस्तक पर्याप्त छैन भन्ने चेतना जगाउनै सकेका छैनन् ।

शिक्षाविद्को आँखामा पाठ्क्रम र पाठ्यपुस्तकको सम्बन्ध

शिक्षा विद्हरूले पाठ्यक्रम सिकाइको योजना र पाठ्यपुस्तक यसको सहयोगी सामग्री हो भन्ने परिभाषा परापूर्व कालदेखि नै गर्दै आएका छन् । मानवले हासिल गर्ने सैद्धान्तिक र व्यावहारिक ज्ञान र अनुभवको चरम बिन्दुसम्मको अभ्यास गर्ने योजनालाई पाठ्यक्रम भनेर नेपालका विभिन्न शैक्षिक आयोगहरूले समेत परिभाषित गरेका छन् । राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८ का अनुसार ‘पाठ्यक्रम भनेको शिक्षाको लक्ष्य हासिल गर्नका लागि बनाइएको शैक्षिक कार्यक्रम हो।’

विद्यालय शिक्षामा पाठ्यक्रमभन्दा पाठ्यपुस्तकलाई प्रधानता दिँदै आएको पाइन्छ । विगतका वर्षमा पनि ‘पुस्तक नभएर पढाउन पाइएन’ भन्ने गुनासा, दुखेसो, र पीडायुक्त समाचारले सञ्चार माध्यममा मसलाको काम गर्यो । तर, सरकारले करोडौं लगानी गरेर तयार गरेको पाठ्यक्रमलाई गौंण मानेर पाठ्यपुस्तकलाई प्रधानता दिने शिक्षा सरोकारवालाले गर्दा विद्यालय शिक्षामा गरिएको लगानी खेर गएको विज्ञहरू बताउँछन् ।

सक्षमतामा न्याय हुन्नः प्राडा कोइराला

घरको दैनिकीले भन्छ । त्यहाँ अलिखित पाठ्यक्रम छ । आमाको पाठ्यक्रम, बुवाको पाठ्यक्रम, छोराछोरीको पाठ्यक्रम, हजुरबा हजुरआमाको पाठ्यक्रम, दिदीबहिनीको पाठ्यक्रम, दाजुभाइको पाठ्यक्रम, त्यहाँ उद्देश्य छ । विषयवस्तु छ । शिक्षण विधि छ । मूल्याङ्कन प्रक्रिया छ । पृष्ठपोषण विधि छ । सहरमा आफ्नै खाले । गाउँमा आफ्नै खाले । मधेसमा आफ्नै खाले । पहाडमा आफ्नै खाले । हिमालमा आफ्नै खाले । यही अवस्था छ जातको पाठ्यक्रमको । जातिको पाठ्यक्रमको । धर्मको पाठ्यक्रमको । ती पाठ्यक्रमबारे हाम्रो खोजी छ त ? शिक्षक अनुसन्धानमार्फत ? कार्यगत अनुसन्धानमार्फत ? अन्य कुनै तरिकामार्फत ? यहींनेर प्रश्न हो, यसको खोजी कसले गर्ने ? शिक्षक स्वयम्ले ? प्रधानाध्यापकले ? पालिकाले ? शिक्षकका सङ्घ सङ्गठनले वा अरू कसैले ? वर्तमान पाठ्यक्रमको लक्ष्य तथा उद्देश्य हो यी विषयवस्तु समेट्ने तर पाठ्यपुस्तक एउटा मात्र विषयमा हुँदा समेट्न नसक्ने  शिक्षाविद् प्राडा विद्यानाथ कोइराला बताउँछन् ।

‘शिक्षकलाई अभिमुखीकरण तालिम दिएर हिमाल, पहाड र तराइको संस्कार र संस्कृति युक्त शिक्षा दिन सक्ने पाठ्यपुस्तक होइन पाठ्यक्रम हो । हाम्रो संस्कार संस्कृतिमा ठाउँ अनुसार विविधता छ । सोही अनुसार सिकाइ हुनुपर्छ ।’ उनी भन्छन्, ‘एउटा सीमित पाठ्यपुस्तकले भौगोलिक विविधता युक्त संस्कार र संस्कृतिका विषय वस्तु समेट्न सक्दैन तर पाठयक्रमले सक्छ त्यसकारण शिक्षकलाई पाठ्यक्रम अनुसार सिकाउन उत्प्रेरित गर्नुपर्छ अनिमात्र पाठ्यक्रमले तय गरेका सक्षमतामा न्याय हुन्छ नत्र हुन्न ।’

 

पाठ्यपुस्तकले निर्धारित सिकाइ हुन सक्दैन

पाठ्यपुस्तक सहयोगी सामग्री भएकाले यसले मात्र ज्ञान पूर्ण नहुने शिक्षामा लामो सययदेखि शिक्षाको इतिहासमाकलम चलाउँदै आएका अग्रज शिक्षा पत्रकार प्रकृति अधिकारी बताउँछन् । ‘पाठ्यपुस्तक लिखत सामग्री हो यसको प्रयोग शिक्षण सिकाइ क्रियाकला सञ्चालन गर्दा सहयोगी सामग्रीका रुपमा लिइन्छ । यो शिक्षक विद्यार्थीका लागि पथप्रदर्शक सामग्री हो । प्रत्येक विद्यार्थीका लागि पाठ्यपुस्तक आवश्यक छ । ज्ञान अदान प्रदान गर्न, पढ्न, लेख्न र बोल्ने कौशलमा सुधार ल्याउन, बुद्धि वृद्धि गर्न यसले मद्दत गर्छ ।’ उनी भन्छन्, ‘पाठ्यपुस्तक साधन हो । विद्यालयमा शिक्षकले सहयोगी सामग्रीका रूपमा पुस्तकको प्रयोग गर्नुपर्छ । पुस्तकका भरमा मात्र विद्यार्थीले ज्ञान हासिल गर्न सक्दैनन् । पुस्तक सहयोगी सामग्री हो । त्यसलाइ व्याख्या गरिदिने काम शिक्षकले गर्छन् ।’

 

 

प्रतिविद्यार्थी लागत

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सूचना अधिकारी शंकर अधिकारी एक जना विद्यार्थी बराबर वार्षिक १२ देखि १५ हजार रुपियाँ खर्च हुने बताउँछन् । शैक्षिकसत्र २०८० मा पाठ्यपुस्तकका लागि शिक्षा तथा मानव स्रँेत विकास केन्द्रले ३ अर्ब ४० करोड रुपियाँ बजेट स्थानीय तहमार्फत विद्यालयमा निकासा गरेको केन्द्रका महानिर्देशक चुडामणि पौडेलले बताए ।

केन्द्रको वेबसाइटमा पुस्तक र पाठ्यक्रम छ तर शिक्षकले हेर्दैनन्

पाठ्यक्रम विकास केन्द्रले आफ्नो वेबसाइटमा वालविकास देखि कक्षा १२ सम्मकै पाठ्यक्रम राखेको छ । समय समयमा वेबसाइट नखुल्ने समस्या बाहेक अन्य छैन । जो सुकैले हेर्न चाहेमा सजिलै हेर्न सक्छन् । तर यसको प्रयोगकर्ता शिक्षकभन्दा धेरै पत्रकार, विज्ञ र पुस्त्क लेखक हुने गरेको केन्द्रका अधिकारीहरू बताउँछन् ।

केन्द्रले सबै सहयोगी सामग्री निर्माण गरेर राखेको भए पनि जो प्रत्यक्ष उपभोक्ता हो उसले प्रयोग नगर्ने ती अधिकारीको गुनासो छ ।

प्रविधिको पहुँच

आर्थिक सर्वेक्षण २०७८–८९ का अनुसार विद्यालय संख्या ३४ हजार ३ सय ३८ विद्यालय छन् । जसमध्ये सामुदायिक विद्य २६ हजार ४ सय ५४, संस्थागत विद्यालय ६ हजार ७ सय ६० र धार्मिक विद्यालय १ हजार १ सय ५४ रहेका छन् ।

 ती मध्ये आधारभूत तह (१–५) सञ्चालित विद्यालय ३४ हजार १ सय ३८, आधारभूत (६–८) सञ्चालित विद्यालय १७ हजार २ सय २८ र आधारभूत (१–८) सञ्चालित विद्यालय ३४ हजार ३ सय ६ रहेका छन् । यसैगरी माध्यमिक तह (९–१२) सञ्चालित १० हजार ९ सय ६२ विद्यालय मध्ये ४ हजार ३ सय १० विद्यालयमा कक्षा ११–१२ सञ्चालन भइरहेको छ ।

चालु आर्थिक वर्षको फागुनसम्म विद्यार्थी सङ्ख्याका आधारमा न्यूनतम १२ र अधिकतम ३० डेक्सटप कम्प्यूटर तथा मल्टिमिडिया, ल्यापटप र स्क्रिनसहितको सूचना प्रविधि प्रयोगशाला १८५ सामुदायिक माध्यमिक विद्यालयमा स्थापना गरिएको छ ।

 महालेखा परीक्षकको ६० औं वार्षिक प्रतिवेदन अनुसार, विद्यालय १३ हजार ५ सय ५९ अर्थात ५१.३ प्रतिशत विद्यालयहरूमा कम्प्युटर सुविधा पुगेको छ। आर्थिक वर्ष २०७८–७९ मा विद्यालय क्षेत्र विकास कार्यक्रम र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ३ हजार १ सय ९३ माध्यमिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना तथा स्तरोन्नति गरिएको छ ।

५ हजार १९६ माध्यमिक विद्यालयमा ब्रोडव्याण्ड इन्टरनेट सहित जम्मा ५ हजार २९९ विद्यालयमा इन्टरनेट जडान भएको आर्थिक सर्वेक्षण २०७८–७९ मा उल्लेख छ ।  ८ हजार ६७६ विद्यालयहरूले शिक्षण सिकाइ क्रियाकलापमा सूचना प्रविधिको प्रयोग गर्दै आएका छन्।

पाठ्यक्रम सम्बन्धी चर्चित शिक्षाविद्हरूको भनाइ

मानवले हासिल गर्ने सैद्धान्तिक व्यावहारिक ज्ञान अनुभवको चरम बिन्दुसम्मको अभ्यास गर्ने योजनालाई पाठ्यक्रम भनिन्छ पाठ्यक्रम भनेको शिक्षाको लक्ष्य हासिल गर्नका लागि बनाइएको शैक्षिक कार्यक्रम हो।" - रा.शि..यो. २०२८

"शिक्षाका उद्देश्यहरू प्राप्तिका लागि विद्यालय तथा शिक्षकद्वारा विद्यार्थीका लागि तयार गरेको योजना निर्देशन अनुसारको सम्पूर्ण अनुभवहरूलाई पाठ्यक्रम भन्दछन् युनेस्को

पाठ्यक्रम भन्नाले उद्देश्य, लक्ष्य, विषयवस्तु, प्रक्रिया, स्रोत, मूल्यांकनको साधन आदि भन्ने बुझिन्छ शिक्षा शब्दकोश

"मानवजातिको सम्पूर्ण ज्ञान अनुभवको उच्चतम विन्दुलाई नै पाठ्यक्रम मान्नुपर्छ " - फ्रोबेल

विद्यालयको निर्देशनभित्र रही सिकारुले प्राप्त गर्ने सम्पूर्ण अनुभवहरु पाठ्यक्रम भित्र समावेश हुन्छन् मोसे

शैक्षिक उद्देश्य प्राप्तिका निमित्त योजनाबद्ध रुपमा विद्यालयहरुबाट निर्दिष्ट भई सिकेका सबै प्रकारका अनुभवहरु नै पाठ्यक्रम हो टायलर (Tyler)

शैक्षिक कार्यक्रमहरु पूरा गर्न विकासात्मक, सन्देशात्मक, सामाजिक, आध्यात्मिक नैतिक साधनका रुपमा विद्यालय भित्र बाहिर हुने सिकाईका अनुभवहरु समावेश गरिएको कार्यक्रम नै पाठ्यक्रम हो क्रो एन्ड को (Crow and Crow)

"पाठ्यक्रम सिकाइको योजना हो।" (A curriculum is a plan for learning) - हिल्डा टावा

"शिक्षाका लक्ष्यहरू पूरा गर्न विद्यालयले गर्ने सम्पूर्ण क्रियाकलापहरू पाठ्यक्रममा समावेश गरिएका हुन्छन् " - मुन्रो

"एउटा स्टुडियो (विद्यालय) मा एउटा कलाकार (शिक्षक) ले आफ्ना सामग्रीहरु (विद्यार्थी) लाई आफ्नो आदर्श (उद्देश्य) अनुरुप तयार गर्नका लागि प्रयोग गरिने ज्यावल नै पाठ्यक्रम हो " - कनिङघम (Cunningham)

"पाठ्यक्रमअन्तर्गत विद्यालयद्वारा योजनाबद्ध निर्देशित सबै सिकाइहरू पर्दछन्, जुन विद्यालयभित्र वा बाहिर व्यक्तिगत एवम् सामूहिक रूपमा सञ्चालन गरिएका हुन्छन् "विद्यालयभित्र वा बाहिर व्यक्तिगत वा सामूहिक रूपमा सञ्चालन गरिने निर्देशन योजनाबद्ध शैक्षिक क्रियाकलापलाई पाठ्यक्रम मानिएको छ। सिकाइको यो प्रक्रिया जीवनपर्यन्त चलिरहने भएकाले पाठ्यक्रमले जीवनभर सिक्ने कुरालाई समेट्छ तर त्यो सिकाइ योजनाबद्ध निर्देशित हुनुपर्छ जे.एफ. केर

पाठ्यक्रम भन्नाले उद्देश्य, लक्ष्य, विषयसूची, प्रक्रिया, स्रोत, मूल्यांकनका साधन आदिको बोध हुन्छ जसलाई विद्यालयभित्र, बाहिर, कक्षाकोठाको शिक्षण तथा सम्बन्धित कार्यक्रमद्वारा पूरा गर्न योजनाबद्ध रुपले लागू गरिएको हुन्छ सी.भी. गुड (C.V. Good)

"विद्यालयको भित्री बाहिरी अवस्थामा अपेक्षित उपलब्धिहरु प्राप्त गर्न गरिने सम्पूर्ण प्रयासलाई नै पाठ्यक्रम भनिन्छ " - सेलर एन्ड अलेक्जेन्डर (Saylor and Alexander)

पाठ्यक्रम विद्यालयको निर्देशनमा विद्यार्थीहरुले प्राप्त गर्ने सम्पूर्ण अनुभवहरुबाट निर्मित भएको हुन्छ पाठ्यक्रम सिकाइ अनुभवको योजना हो क्यासवेल क्याम्पबेल

विद्यालय अन्तर्गत सिकारुहरूले प्राप्त गर्ने सम्पूर्ण अनुभवलाई पाठ्यक्रमको रुपमा लिइन्छ रोनाल्ड डल (Ronald Doll)

पाठ्यक्रम भनेको पाठ्यसूचीहरुको एउटा संगठित योजना क्रियाकलापहरुको प्राप्तिमा प्रयोग गरिने उद्देश्यहरु सिकाइ अनुभवहरु हुन् अरविन्दा चन्द्र (Arvinda Chandra)

 

 

A Levels MA
Thuprai - Books and E-books