CMAT

आयोगले रिक्त दरबन्दी विवरण नपाउँदा बार्षिक कार्यतालिका प्रभावित हुने आशंका

Bachelors Portal

शिक्षक सेवा आयोगको बार्षिक कार्यतालिका रिक्त दरबन्दी विवरण समयमा नै नपाउँदा प्रभावित हुने देखिएको छ ।

बार्षिक कार्यतालिका अनुसार तीनै तहका लागि विज्ञापन गर्ने तयारी थालेको आयोगमा समयमा नै शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विवरण नपठाउँदा प्रभावित हुने देखिएको हो ।

केन्द्रबाट प्राप्त रिक्त दरबन्दी र गत वर्षको विज्ञापनमा पुरा हुन नसकेका दरबन्दी अनुसार विज्ञापन गर्ने तयारी थालेको आयोग समयमा नै विवरण नपाउँदा बार्षिक कार्यतालिका प्रभावित हुने आशंका उब्जिएको आयोगले जनाएको छ ।

शिक्षक सेवा आयोगको नियमावली २०५७ को उपनियम ८ को ४ बमोजिम शिक्षा तथा मानव स्रोत विकास केन्द्रले २०८९ चैत्र मसान्तसम्म रिक्त हुन आउने दरबन्दी विवरण शिक्षक पदपुर्तिका लागि शिक्षक सेवा आयोगमा असोज मसान्त भित्र पठाई सक्नुपर्ने व्यवस्था छ । त्यसैका आधारमा नियम ११ क बमोजिम प्राप्त दरबन्दीका आधारमा कार्तिक महीना भरीमा खुला तथा समावेशी समुहहरुको प्रतिशत निर्धारण गर्नुपर्ने हुन्छ ।

केही शिक्षा विकास तथा समन्वय एकाइले रिक्त शिक्षक दरबन्दी विवरण केन्द्रमा नपठाउँदा आयोगलाई दरबन्दी विवरण पठाउन केही ढिलाइ भएको केन्द्रले जानकारी दियो ।‘केन्द्रले असोज मसान्त भित्रै रिक्त दरबन्दी विवरण आयोगमा पठाउनु पर्ने भए पनि केही एकाइले विवरण नपठाउदा ढिलाइ भएको हो ।’ शिक्षक व्यवस्थापन समन्वय शाखाका निर्देशक प्रमप्रसाद भट्टराइले भने, ‘अधिकांश एकाइले विवरण पठाइ सक्नु भएको छ, पठाउन बाँकी एकाइलाई पनि हामीले टेलिफोनबाटै तत्काल विवरण पठाउन निर्देशन दिएका छौं, सबै जिल्लाले केही दिन भित्रै विवरण पठाउनु हुन्छ अनि हामी आयोगमा विवरण पठाइ हाल्छौं ।’

केन्द्रले एकाइलाई विवरण पठाउन कडा निर्देशन दिएको हुँदा केही दिनमा नै विवरण पठाउनेमा केन्द्र विस्वस्त छ । ‘विवरण नपठाउने एकाइलाई अब दरबन्दी खाली छैन भनेर पठाउने भनिएको हुँदा बाँकी रहेका जिल्लाले भटाभट विवरण पठाइ रहनु भएको छ ।’ शाखा प्रमुख भट्टराईले भने, ‘अधिकांश जिल्लाले विवरण पठाइ सकेका छन् बाँकी रहेका केही जिल्लाको पनि केही दिनमा नै पठाउनेमा विस्वस्त छौं, सबै जिल्लाको विवरण आएपछि मात्र कति दरबन्दीका लागि विज्ञापन हुन्छ भन्न सकिन्छ ।’

Thuprai - Books and E-books
I Tech store