A Levels MA

उच्च शिक्षामा छात्रवृत्तिका लागि दरखास्त  आव्हान

विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षामा छात्रवृत्तिका लागि दरखास्त  आव्हान गरेको छ ।

आर्थिक वर्ष २०७९-८० मा स्नातक–स्नातकोत्तर तहका प्रथम वर्षमा भर्ना भई अध्ययनरत इच्छुक विद्यार्थीहरूबाट २०७९ चैत्र २८ गते कार्यालय समयभित्र छात्रवृत्तिसम्बन्धी दरखास्त फाराम भर्न आव्हान गरेको हो ।

दलित, आर्थिक रूपले विपन्न, अपाङ्गता भएका, मुक्त कमलरी र मुस्लिम महिला साथै लोकतान्त्रिक परिवर्तनका लागि भएका जनआन्दोलन, सङ्घर्ष तथा क्रान्तिका क्रममा सहिद भएका तथा द्वन्द्वपीडितका छोराछोरी, सशस्त्र द्वन्द्वका समयमा मुत्यु भएका व्यक्तिका आश्रित छोराछोरीबाट आवेदन माग गरेको छ ।

विश्वविद्यालय अनुदान आयोग कार्यक्रम कार्यविधि, २०७९ अनुरूप उच्च शिक्षामा पहुँच अभिवृद्धिका लागि छात्रवृत्ति उपलब्ध गराउने कार्यक्रमअनुरूप न्यूनतम योग्यता पूरा गरेका विद्यार्थीलाई दरखास्त फारम भर्न सूचित गरेको छ ।

Thuprai - Books and E-books