After SEE Portal

राजर्षिजनक विश्वविद्यालयको उपकुलपति नियुक्तिको लागि ६ गते अन्तर्वार्ता लिने

Bridge Course

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजर्षिजनक विश्वविद्यालयको उपकुलपति नियुक्तिको लागि सर्टलिष्टमा परेका सात जनालाई आगामी पुस ६ गते अन्तर्वार्ता तथा प्रस्तुतीकरणका लागि बोलाएको छ ।

सिफारिस समितिको बैठक व्यवस्थापन, उम्मेदवार छनौट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०७९ बमोजिम न्यूनतम योग्यता वापत र विश्वविद्यालय सम्बन्धी सोचपत्र तथा चार वर्षे व्यवसायिक कार्ययोजना वापतको प्राप्ताङ्क गणना गर्दा उच्चम अङ्क प्राप्त गर्ने  सात जनालाई अन्तर्वार्ताका लागि बोलाएको हो ।

प्राडा अमरप्रसाद यादव, फुलबरिया-४ सिराहा, प्राडा देवबहादुर खड्का, सन्धिखर्क ६ अर्घाखाँची, प्राडा देवराज अधिकारी, बिराटनगर ४, मोरङ्ग, प्रा विजयबहादुर सिलवाल, कीर्तिपुर ( १०, काठमाडौं, प्राडा। महानन्द चालिसे, रत्ननगर( ९ चितवन,  डा शुभनारायण पाठक, एकडरा - ३, महोत्तरी र  प्राडा। सदनकुमार भगत, देवीस्थान -१०, महोत्तरीलाई अन्तर्वार्ताका लागि बोलाएको छ । 

अन्तर्वार्ताका लागि छनोट भएका प्रँध्यापकहरूले  सो विश्वविद्यालयको उपकुलपति भएपछि विश्वविद्यालयको नेतृत्व गर्ने र नेतृत्वदायी भूमिका बहन गर्ने सम्बन्धी सोचपत्र तथा ४ वर्षे व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण एवम् अन्तरवार्ताका लागि १५ मिनेट अवधिको  प्रस्तुतीकरण सहित  तोकिएको समय भन्दा कम्तीमा एक घण्टा अगावै उपस्थित  हुनु पर्ने छ । 

A Levels MA