After SEE Portal

‘अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन’ सम्पन्न

Bridge Course

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा अवस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पाचौँ ‘अन्तराष्ट्रिय युवा वैज्ञानिक सम्मेलन’ सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय विज्ञान सामुदायिक सङ्गठन तथा मध्यपश्चिम विश्वविद्यालयको सह–आयोजनामा सुर्खेतमा बुधबारदेखि सम्मेलन शुरु भएको थियो । विज्ञान, प्रविधि, कृषि, पर्यावरण, अर्थ, सामाजिक क्षेत्रलगायतका विभिन्न विधामा ४० वर्षमुनिका उत्कृष्ट वैज्ञानिक छनौट गर्दै सम्मेलन सम्पन्न भएको मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विज्ञान तथा प्रविधि केन्द्रीय क्याम्पस सुर्खेतका क्याम्पस प्रमुख कृष्णप्रसाद चपार्इंले जानकारी दिनुभयो ।

“अन्तर्राष्ट्रिय सम्मेलनमा पहिलो पटक कर्णालीमा हुनुु गौरवको विषय हो,” उहाँले भन्नुभयो, “यो सम्मेलनबाट विद्यार्थी र प्राध्यापकलाई थप खोज, अनुसन्धान तथा अन्वेषणमा लाग्न हौसला मिलेको छ ।” वैकल्पिक स्रोत र प्रविधिको विकास गर्ने मुख्य उद्देश्यले सम्मेलन आयोजना गरिएको हो । मध्यपश्चिम विश्वविद्यालयका अनुसन्धान शाखाका निर्देशक प्रा डा दीपबहादुर रावलले विश्वविद्यालय प्राज्ञिक क्षेत्र भएकाले यसको विकासका निम्ति विभिन्न खोज तथा अनुसन्धानमा प्राध्यापक तथा विद्यार्थी निरन्तर लाग्नुपर्नेमा जोड दिनुभयो । अन्तर्राष्ट्रियस्तरको सम्मेलनमा सम्बन्धित सरोकारवालाको विशेष ध्यान जानुपर्ने उहाँको भनाइ थियो ।

विज्ञान तथा प्रविधि सङ्कायका डिन देवबहादुर खड्काले विकासका लागि सम्मेलनका माध्यमबाट विभिन्न देशमा रहेका विश्वविद्यालयसँग हातेमालो गर्नसके नेपालको विज्ञान तथा प्रविधिको विकास हुने विश्वास व्यक्त गर्नुभयो । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विज्ञान तथा प्रविधि केन्द्रीय क्याम्पसमा अध्यापनरत् वनस्पति विषयका उपप्राध्यापक शिवराज घिमिरेले सम्मेलनका लागि कूल ९५ प्रस्तुतिमा ७० वटाको सहभागिता रहेको र त्यसमा २३ मौखिक प्रस्तुत भएको बताउनुभयो । सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, अमेरिका, नाइजेरियाका वैज्ञानिकको सहभागिता थियो । युवा वैज्ञानिकको प्रतिष्पर्धाबाट विभिन्न विधाका कार्यपत्रमाथि निर्णायक समितिले मूल्याङ्कन गरी विभिन्न विधामा प्रमाणपत्र तथा पदक प्रदान गरिएको थियो ।

A Levels MA
Thuprai - Books and E-books