A Levels MA

मध्यपश्चिम विश्वविद्यालयमा समस्या समाधानका लागि अन्तरक्रिया

मध्यपश्चिम विश्वविद्यालय (मपवि) अन्तर्गत रहेका १० ओटा आंगिक क्याम्पसहरुमा देखिएका समस्या समाधान गर्ने विश्वविद्यालय र क्याम्पस सहमत भएका छन् । 

समस्या समाधानका आयोजना गरिएको दुईदिने अन्तरक्रिया पश्चात विश्वविद्यालय समस्या समाधान गर्ने ठोस निर्णय गर्न कार्यकारी परिषदबाट निर्णय गराउन सहमत भएको छ । माघ३ र ४ गते  आयोजना गरिएको अन्तरक्रियामा विश्वविद्यालय स्थापना एपश्चातमपविको स्थापना पश्चात समायोजन भई आएका १० ओटा आंगिक क्याम्पस रुपान्तरण प्रक्रियामा देखिएका समस्याको सम्बोधन गर्न सो अन्तरक्रिया आयोजना गरिएको हो ।

रुपान्तरणको प्रकृयामा घटुवा हुन गएका प्राध्यापक तथा कर्मचारीहरुको उचित व्यस्थापन, विभिन्न पदीय भत्ता, उपदान तथा निवृतिभरण सम्बन्धि व्यवस्था, आवश्यक जनशक्तिको उचित प्रबन्ध, विद्यार्थीको शुल्क दुइ किस्तामा लिई पठनपाठन प्रकृयामा उत्साह बढाउने लगायतका विभिन्न समस्याहरुलाई समाधान गर्नका लागी कार्यकारी परिषदबाट निर्णय गर्ने सहमति गरिएको छ ।  उपकुलपति प्राडा नन्द बहादुर सिंहको प्रमुख आतिथ्यमा बिरेन्द्रनगर सुर्खेत स्थित मुसोमको सभाहालमा सम्पन्न भएको समापन कार्यक्रममा उक्त सहमति भएको घोषणा गरिएको हो।  

पर्याप्त समय र छलफल बिनानै विश्वविद्यालयमा समायोजन भएका आंगिक क्याम्पसहरुका विभिन्न समस्याहरुको शुक्ष्म विश्लेषण एवं गहन छलफल गरी समाधानका लागि सहासिक निर्णय गर्न सम्पूर्ण आंगिक क्याम्पसका क्याम्पस प्रमुखहरुलाई आमन्त्रित गरी एकमुष्ठ समस्या समाधान गर्नका लागि मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा नन्द बहादुर सिंहको पहलकदमीमा उक्त ऐतिहासिक निर्णय भएको विश्वविद्यालयले जानकारी दियो । स कदमले क्याम्पसलाई दैनिक कार्य संचालन गर्न अत्यावश्यक पर्ने मागहरु पूर्ति गर्दै शिक्षक, कर्मचारी र विद्यार्थीको मनोबल उच्च पार्दै समग्र विश्वविद्यालयको शैक्षिक उन्नयन र सहज शैक्षिक वातावरण सिर्जना हुने विश्वविद्यालयको  विश्वास  छ ।  

कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार, विभिन्न संकायका डिन, परिक्षा व्यवस्थापन कार्यालय प्रमुख, विभिन्न निर्देशनालयका कार्यकारी निर्देशक, १० वटा आंगिक क्याम्पसका क्याम्पस प्रमुख, उपप्राध्यापक, उपकुलपति सचिवालयका सदस्य, केन्द्रीय कार्यालयका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

 

Thuprai - Books and E-books