After SEE Portal

एसईईमा सहभागी हुने विद्यार्थीको विवरण माघ १५ गतेभित्र अद्यावधिक गर्न निर्देशन

Bridge Course

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले सबै शिक्षा विकास तथा समन्वय इकाइलाई प्राविधिक र संस्कृत विषयबाट २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुने विद्यार्थीको विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ ।

दुवै धारका विद्यार्थीको विवरण माघ १५ गतेभित्र अद्यावधिक गराउन निर्देशन दिएको हो ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको प्रश्नपत्र व्यवस्थापन र नतिजा प्रकाशनको कार्यमा समस्या देखिएको समस्यालाई न्यूनीकरण गर्नका लागि विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ ।

सबै इकाइले आफ्नो जिल्लामा २०७९ सालको एसईई परीक्षामा सहभागी हुने प्राविधिक र संस्कृत विषयका परीक्षार्थीहरुको विवरण सम्बन्धित विद्यालयवाट समेत यकिन गराइ अद्यावधिक गराउने निर्देशन दिएको छ ।

A Levels MA
Thuprai - Books and E-books