After SEE Portal

छनोटमा परेका विद्यालयलाई डिजाईन ड्रईङ अनुसारको भवन बनाउन निर्देशन (डिजाईन ड्रईङसहित)

Bridge Course

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका विद्यालयलाई भवनको डिजाईन ड्रईङ राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतका क्रियाकलाप कार्यक्रम कार्यान्वयन प्रक्रियामा उल्लेख भए अनुसार गर्न निर्देशन दिएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सूचना जारी गर्दै छनोटमा परेका विद्यालय भवन निर्माणका लागि विनियोजित बजेट स्थानीय तहमा हस्तान्तरण भई सकेको र निर्देशन अनुसार गर्न निर्देश गरेको छ ।

छनोटमा परेका विद्यालयले २ कोठे, ४ कोठे र ८ कोठे भवनको नमुना डिजाईन ड्रईङ बनाउँदा केन्द्रले तयार गरेको नमुना अनुसार गर्न निर्देशन दिएको हो ।

२ कोठे, ४ कोठे तथा ८ कोठे भवन मध्ये आफ्नो विद्यालयको लागि प्राप्त कार्यक्रम बमोजिम डिजाईन ड्रईङको छनोट गरी उक्त डिजाईन ड्रईङ सम्बन्धित स्थानीय तहबाट स्विकृत गराई निर्माण कार्य संचालन गर्न गराउन सकिने सूचनामा उल्लेख छ ।

शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालय, केन्द्रिय आयोजना कार्यान्वयन ईकाई काठमाण्डौले तयार पारेको २ कोठे र ४ कोठे विद्यालयको भवनको डिजाईन ड्रईङ ईकाईको वेबसाईटबाट प्राप्त गर्न सकिने समेत सूचनामा उल्लेख गरिएको छ ।

सम्बन्धित विद्यालयको आवश्यकता, स्थानीय तहमा उपलब्ध स्रोत साधन, भौगोलिक अवस्थिति आदि आधारमा माथि उल्लेखित डिजाईन ड«ईङ परिमार्जन वा परिवर्तन गर्नपर्ने भएमा समेत राष्टिय भवन निर्माण संहिता तथा अन्य प्रचलित ऐन, कानुन, मापदण्ड प्रतिकुल नहने गरी सम्बन्धित स्थानीय तहबाट स्विकृत गराई परिमार्जन वा परिवर्तन गर्न सक्नेछन् ।

यसरी डिजाईन ड्रईङ परिमार्जन वा परिवर्तन गर्दा माथि उल्लेखित डिजाईन ड्रईङमा भएको कक्षाकोठाको क्षेत्रफल भन्दा कम क्षेत्रफल भएको कक्षाकोठा डिजाईन गर्न नपाईने केन्द्रले जानकारी दियो ।

विद्यालयको भवन निर्माण गर्दा उपलब्ध बजेट अपर्याप्त भएमा स्थानीय तह वा अन्य निकायबाट स्विकृत लागत अनुमानका आधारमा रकम थप गर्न सकिने छ र सोको जानकारी केन्द्रमा पठाउनु पर्ने सूचनामा उल्लेख छ ।

डिजाईन ड्रईङ १

डिजाईन ड्रईङ

डिजाईन ड्रईङ

डिजाईन ड्रईङ

डिजाईन ड्रईङ

A Levels MA
Thuprai - Books and E-books