A Levels MA

एकमुष्ट अनुदानका लागि प्रस्ताव पेश गर्न छुट भएका विद्यालयहरुको विवरण पेश गर्न निर्देशन, शिक्षकको आन्तरिका बढुवाको लागि विवरण माग

वार्षिक एकमुष्ट अनुदानका लागि प्रस्ताव पेश गर्न छुट भएका विद्यालयहरुको विवरण पेश गर्न सबै शिक्षा विकास तथा समन्वय एकाइलाई तोकिएको आधार पुगेका सार्वजनिक विद्यालयहरुको विवरण पेश गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

आव २०७८–७९ को विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गतको शिक्षक दरबन्दी तथा राहत शिक्षक अनुदान प्राप्त नगरेका सार्वजनिक विद्यालयहरुलाई एकमुष्ट अनुदान प्रदान गर्न विवरण माग गरिएको हो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको शैक्षिक योजना तथा विकास महाशाखा अन्तर्गतको शिक्षक व्यवस्थापन समन्वय शाखाले आज एक सूचना जारी गरी भदौ मसान्तभित्र भित्र पठाउन केन्द्रको मिआजको निर्णय अनुसार निर्देश्न दिइएको हो ।

एकाइले तोकिएको ढाँचामा प्रस्तावना सहितको विवरण पेश गर्न लगाई वार्षिक एकमुष्ट अनुदानवाट विद्यालय सञ्चालन गर्ने कार्यविधि, २०७६ को परिच्छेद २ बुँदा नं ३ अनुसार प्राथमिकताक्रम निर्धारण गरी गत आव २०७७–७८ सम्म निरन्तर एकमष्ट अनुदान पाइरहेका विद्यालयहरु बाहेक वार्षिक एकमुष्ट अनुदान पाउन योग्य (कक्षा १–५ मा शून्य दरबन्दी भएका) सार्वजनिक विद्यालयहरुको मात्र विवरण पेश गर्न निर्देश्न दिइएको शाखा अधिकृत भुवनेश्वर जोशीले जानकारी दिए ।

बढ्वा प्रयोजनको लागि रिक्त दरबन्दीको विवरण माग

केन्द्रले गत आर्थिक वर्षको चैत्र मसान्त सम्मको बढ्वाको लागि रिक्त श्रेणीगत दरबन्दी विवरण पठाउन ७७ एकाइलाई निर्देशन दिएको छ । प्रावि, निमावि र मावि शिक्षक सेवा आयोग मार्फत विज्ञापन प्रयोजनको लागि माग भएकोले सो विवरणमा अद्यावधिक गरी विस २०७८ साल चैत्र मसान्त सम्म रिक्त हुने (पछि फरक नपर्ने गरी) श्रेणीगत दरबन्दीको विवरण माग गरेको हो ।

उक्त विवरण भदौ १० गते भित्र अनिवार्य रुपमा यस केन्द्रको इमेल ठेगानामा पठाउन निर्देशन दिएको हो । विवरण एकीन गर्न र सोही रिक्त दरबन्दीमा बढुवा हुने शिक्षक पदस्थापना हुने समेत निर्देशन दिइएको निर्देशक बसन्तप्रसाद कोइरालाले जानकारी दिए ।

दरबन्दी कट्टा हुने जिल्लाहरु तेह्रथुम, काठमाडौं, भक्तपुर, ललितपुर, पाल्पा, मनाङ, मुस्ताङ, लम्जुङ, म्याग्दी, पर्वत, कास्की, स्याङ्जा, तनहुँ, अर्घाखाँची र डोल्पा जिल्लाहरुको हकमा हाल सम्म कटौती भएको दरबन्दी कट्टा गरी जिल्लामा बाँकी रहने दरबन्दीहरुको आधारमा शिक्षा नियमावली २०५९ को नियम ८९ बमोजिमको बढुवा हुने श्रेणीगत संख्या एकीन गरी रिक्त रहेको प्रथम र द्वितिय श्रेणीको विवरण विज्ञापनको लागि पठाउन निर्देश्न दिएको छ ।

रिक्त स्थायी दरबन्दी थप भएका उदयपुर, सिन्धुली, मकवानपुर, दोलखा, नुवाकोट, धादिङ, नवलपरासी पूर्व, वाग्लुङ, जाजरकोटमा विवरण पठाउँदाको मिति सम्म केन्द्रबाट दरबन्दी थप भएका र जिल्ला भित्रका मौजुदा स्थायी दरबन्दी समेतको आधारमा शिक्षा नियमावली २०५९ को नियम ८९ बमोजिम बढ्वा हुने दरबन्दीको श्रेणीगत विवरण एकीन गरी रिक्त हुने श्रेणीगत संख्या माग गर्न निर्देशन दिएको निर्देशक कोइरालाले जानकारी दिए ।

अन्य जिल्लाहरुको लागि २०७८ चैत्र मसान्त सम्मको रिक्त हुने श्रेणीगत बढ्वाका पदहरुलाई समेत गणना गरी तोकिएकै समयमा विवरण पठाउन निर्देश्न दिएको छ ।

समयमा विवरण नआएमा तथा विवरण फरक परेमा सो को जिम्मेवारी सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइले नै लिनु पर्ने भएकोले पछि फरक नपर्ने गरी जिल्लाको कायम रहेको तहगत दरबन्दी र त्यसको आधारमा शिक्षा नियमावलीको नियम ८९ अनुसारको श्रेणी कायम गरी ती श्रेणी मध्ये रिक्त रहेको विवरण पठाउन निर्देश्न दिइएको निर्देश्क कोइरालाले जानकारी दिए ।

श्रेणीगत रुपमा बढ्वाको लागि रिक्त दरबन्दी विवरण पठाउदाँको मिति सम्मको रिक्त विवरण र २०७८ साल चैत्र मसान्त सम्म रिक्त हने श्रेणगत दरबन्दीको विवरण पठाउन निर्देशन दिएको छ ।

Thuprai - Books and E-books