काठमाडौं महानगरपालिकाले कक्षा ११ को शुल्क प्रस्ताव असार मसान्तसम्मा पठानविद्यालयलाई निर्देशन दिएको छ ।
महानगर शिक्षा विभागले सबै संस्थागत विद्यालयलाई कक्षा ११ को शुल्क प्रस्ताव पठाउन निर्देशन दिएको हो ।
महानगरपालिका अन्तर्गत सञ्चालित सबै संस्थागत विद्यालयहरुले शैक्षिक सत्र २०८०–०८१ मा कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरुसँग के के शीर्षकमा के कति शुल्क लिने हो ? काठमाडौ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा २७ (९) बमोजिमको विद्यालय व्यवस्थापन समितिको निर्णय सहित शुल्क प्रस्ताव पठाउन निर्देशन दिएको छ ।