After SEE Portal

तीन दिनमा करण देखाउन रातो बंगाला र काठमाडौँ वल्ड  स्कुललाई निर्देशन

Bridge Course

काठमाडौँ वल्क स्कुल र ललितपुर पाटन ढोकाको रातो बंगला स्कुललाई पाठ्यक्रम विकास केन्द्रले तीन दिनमा कारण पेश गर्न निर्देशन दिएको छ ।

अनुमति विना ए लेभल र क्याब्रिज कोर्स तथा पुस्तक पढाएको पाइएपछि स्पष्टीकरण सोधेको छ ।

रातो बंगलाले ११ र १२ मा (ए लेभल) पढाउने अनुमति लिए पनि तल्लो कक्षामा क्याब्रिजको पाठ्यक्रम  र पुस्तक प्रयोग गर्ने गरेको पाइएको अनुगमन टोलीका सदस्य एवम् अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले बताए ।

 त्यस्तै भक्तपुरको गुण्डुमा रहेको काठमाडौँ वल्ड  स्कुलले पनि इन्टरनेशल प्राइमरी करिकुलम (आइपिसी) सञ्चालन गरेको पाइएपछि कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।

A Levels MA