After SEE Portal

सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न निर्देशन

Bridge Course

सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई चिकित्सा शिक्षा आयोगले दिने छात्रवृत्ति उपलब्ध गराउन संसदको शिक्षा तथा स्वास्थ्य समितिले निर्देशन दिएको छ। आज समितिले आयोगलाई चिकित्सा शिक्षा ऐनले व्यवस्था गरेअनुसार छात्रवृत्ति उपलब्ध गराउन निर्देशन दिएको हो।

आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले सामुदायिक विद्यालयबाट कक्षा ६ देखि १० सम्म अध्ययन गरेका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था ऐनले गरेको बताए ।

समिति सदस्य एवम् पूर्व शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले सिट र उत्तीर्ण संख्याबिच अन्तर देखिएको भन्दै गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताए। समिति सदस्य मानबहादुर बिकले नियमावली संशोधन गरेर सरकारी विद्यालयमा अध्ययन गरेकालाई छात्रबृत्ति उपलब्ध गराउनुपर्ने बताए। चिकित्सा शिक्षा आयोगले वार्षिक विभिन्न २९ समूहमा २ हजार १७२ जनालाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । आयोगले कुल सिट संख्या ८हजार २५१ जना रहेको छ । आयोगले एकीकृत प्रवेश परीक्षामा उत्तीर्ण भएका विद्यार्थीलाई मेरिटका आधारमा छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

A Levels MA
Thuprai - Books and E-books