कुनै कक्षामा टाइ अनिवार्य नगर्न निर्देशन

काठमाडौं महानगरपालिकाले सबै सामुदायिक विद्यालयलाई टाइ अनिवार्य नगर्न निर्देशन दिएको छ ।

महानगरले  हिजो सबै विद्यालयलाई परिपत्र जारी गर्दै महानगरपालिका शिक्षा समितिको गत चैत २८ गतेको निर्णयानुसार यस्ते निर्देशन दिएको हो ।

महानगरपालिका भित्र संचालित सामुदायिक विद्यालयका कुनैपनि कक्षामा टाइ अनिवार्य गर्न नदिने निर्णय अनुसार यस्तो निर्देशन दिएको छ ।