After SEE Portal

विपन्न लक्षित छात्रवृत्ति पाएका विद्यार्थीको विवरण अद्यावधिक गराउन निर्देशन

Bridge Course

विपन्न लक्षित छात्रवृत्ति पाएका विद्यार्थीको विवरण अद्यावधिक गराउन शिक्षा तथा मानव स्रोत केन्द्रले विद्यालयलाई आग्रह गरेको छ ।

केन्द्रले आज सूचना जारी गर्दै  शैक्षिक सत्र २०७९ मा सामुदायिक विद्यालयको कक्षा ८ र कक्षा १० मा माध्यमिक तह (कक्षा ९–१२) का लागि विपन्न लक्षित छात्रवृत्ति पाउन योग्य विद्यार्थी यकिन गर्न निर्देशन दिएको हो ।

विद्यार्थीहरूले भरेको पीटीएम फारामका आधारमा “विपन्न लक्षित छात्रवृत्ति व्यवस्थापन मापदण्ड २०८०” अनुसार नतिजा विश्लेषण गरी साविकमा वितरण भए बमोजिम गर्न गराउन निर्देशन दिएको हो ।

शैक्षिक सत्र २०७९ मा कक्षा ८ मा फाराम भरी छनोट भएका विद्यार्थीहरू शैक्षिक सत्र २०८० मा नियमित रूपमा कक्षा ९ मा सामुदायिक विद्यालयमा अध्ययन गरिरहेका भए सो विवरणको यकिन गरी निजहरूको बैंक खाता खोल्न लगाउने सूचनामा उल्लेख छ  ।

शैक्षिक सत्र २०७९ मा कक्षा १० मा फाराम भरी छनोट भएका विद्यार्थीहरूको हकमा देहाय बमोजिमका विद्यार्थीहरूको विवरण यकिन गरी बैंक खाता खोल्न लगाउन निर्देश्न दिएको हो ।

(क) शैक्षिक सत्र २०८० मा सामुदायिक विद्यालयमा कक्षा ११ मा अध्ययन गरिरहेका प्रथम क्वाइन्टाइलमा सूचीकृत भएका सबै छात्रछात्रा,

(ख) शैक्षिक सत्र २०८० मा सामुदायिक विद्यालयमा कक्षा ११ मा विज्ञान विषय वा प्राविधिक धारमा अध्ययन गरिरहेका दोस्रो क्वाइन्टाइलसम्म सूचीकृत भएका सबै छात्रछात्रा,

(ग) शैक्षिक सत्र २०८० मा सामुदायिक विद्यालयमा कक्षा ११ मा विज्ञान विषय वा प्राविधिक धारमा अध्ययन गरिरहेका तेस्रो क्वाइन्टाइलसम्म सूचीकृत भएका सबै छात्रा ।

छात्रवृत्ति पाउने विद्यार्थीले कक्षा ९ र १० मा अध्ययन गरे बापत वार्षिक रु. ६÷६ हजारका दरले रकम पाउनेछन् त्यसै गरी क्र.सं. २ को (क) उल्लेख भएका कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीले विज्ञान विषय वा प्राविधिक धारमा अध्ययन गरेको भए वार्षिक चौबीस हजार रुपियाँ र अन्य विषय अध्ययन गरेको भए वार्षिक अठार हजार रुपियाँ पाउनेछन् क्र.सं.२ को (ख) र (ग) मा अध्ययन गरेको भएमा वार्षिक चौबीस हजार रुपियाँ रकम पाउने  छन् ।

कक्षा ९ र ११ मा छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीले नियमित अध्ययन गरेको भएमा कक्षा १० र १२ मा स्वतः छात्रवृत्ति पाउनेछन् ।

छात्रवृत्ति रकम सम्बन्धित विद्यार्थीको बैंक खातामा भुक्तानी गर्ने व्यवस्था रहेको हुँदा विद्यालय मार्फत छात्रवृत्ति पाउने बालबालिकाको बैंक खाता खोली सोको विवरण अनलाइन इमिसमा अद्यावधिक  गराउन निर्देशन दिएको हो ।

A Levels MA
Thuprai - Books and E-books