After SEE Portal

शिक्षक, प्राध्यापक र कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दलको सदस्यता नलिन निर्देशन

Bridge Course

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले कार्यरत शिक्षक, प्राध्यापक र कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दलको सदस्यता नलिन निर्देशन दिएकी छिन् ।

बाहालवाला  शिक्षक कर्मचारी राजनैतिक दलको सदस्य तथा संगठित सदस्य  समेत नहुन  कडा निर्देशन  दिएकी छिन् ।

Source: Source: Sumana Shrestha Secretariat - सुमना श्रेष्ठ सचिवालय

मन्त्री श्रेष्ठले सामाजिक साञ्जालमार्फत भिडियो सार्वजनिक गर्दै दलको नेता शिक्षक भएसम्म विद्यालय तथा विश्वविद्यालयका शिक्षकलाई कानुनले समेत दलको सदस्य हुन बन्देज लगाएको हुनाले कोही शिक्षक दलको सदस्य वा स.गठित सदस्य भएमा कानुन अनुसार कारबाही गर्ने चेतावनी दिएकी हुन् ।

शिक्षालय गुणस्तरीय बनाउन शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्नु अपरिहार्य भएको हुनाले कोही दलको सदस्य भएमा मन्त्रालयमा उजुरी गर्न आव्हान गरेकी छिन् । ‘अगाडि विद्यार्थीलाई माया देखाउने पछाडि विद्यार्थीको भविष्यमा खेलवाड गर्ने काम बन्द गनुृपर्छ ।’ उनले भनेकीछिन्, ‘अब शिक्षाक्षेत्र दलीय राजनिति मुक्त बनाउनैपर्छ ।’

प्रचलित कानुनको स्मरण गराउँदै  शिक्षण सिकाइ क्रियाकलापमा संलग्न शिक्षक, प्राध्यापक र कर्मचारीहरूले राजनीतिक दलको सदस्य हुन नहुने व्यवस्था रहेको स्मरण गराएकी छिन् ।

अन्यथा शिक्षा ऐन, २०२८ को दफा १६ (ङ) को उपदफा (५) को खण्ड (छ) बमोजिम कानुनी कारबाही गर्न मन्त्रालय प्रतिबद्ध रहेको चेतावनी दिएकी छिन् ।

 

A Levels MA
Thuprai - Books and E-books