माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको १५ दिन सम्ममा कक्षा ११ मा भर्ना गर्ने समयतालिका मिलाउन काठमाडौं महानगरपालिकाले विद्यालयलाई निर्देशन दिएको छ । माध्यमिक तह कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने सवै शिक्षण संस्थालाई एसईई नतिजा सार्वजनिक भएको १५ दिनको म्याद राखेर भर्ना आव्हान गर्न निर्देशन दिएको छ ।
विगतमा शिक्षण संस्थाले फरकफरक तरिकाले भर्ना गर्ने चलन रहेको र विद्यार्थी भर्ना हुने अवसरबाट बञ्चित हुने गरेको भन्दै यस्तो निर्देशन दिएको हो ।
देशभरका दुर्गम क्षेत्रका विद्यार्थीले भर्नाका लागि आवेदन दिने अवसरबाट वञ्चित भएको गुनासोका सम्बन्धमा काठमाडौं महानगरपालिका, शिक्षा विभागको ध्यानाकर्षण भएको जनाएको छ ।