After SEE Portal

भारतले ५६ विद्यालय भवन पुनःनिर्माण गरिदिने

Bridge Course

भारत सरकारले नेपालका ५६ वटा विद्यालय भवनको पुनःनिर्माण गरिदिने भएको छ । 

गोरखा, नुवाकोट, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोकका विद्यालयको पुनःनिर्माण गर्न भारतीय राजदूतावास तथा शिक्षा मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा)ले सात वटा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । नेपालमा भूकम्प पश्चातको पुनःनिर्माण कार्यक्रमअन्तर्गत भारत सरकारको दुई अर्ब ९५ करोड रुपियाँ आर्थिक सहयोगमा यी विद्यालयहरुको पुनःनिर्माण गरिनेछ । 

भारतीय दूतावासले आज जारी गरेको विज्ञप्तिमा भूकम्प प्रतिरोधी क्षमताको लागि यी विद्यालयहरु नेपाल सरकारले तोकेको मापदण्डअनुरुप पुनःनिर्माण हुने जनाइएको छ । विद्यालय पूर्वाधारमा शैक्षिक भवन, कक्षाकोठा, फर्निचर र छात्र तथा छात्राका लागि छुट्टै सरसफाइको सुविधा रहेको छ । भूकम्प प्रतिरोधी संरचना पुनःनिर्माणको क्षेत्रमा भारतकै प्रमुख संस्थान केन्द्रीय भवन अनुसन्धान संस्थान, रुड्कीले यी विद्यालयहरुको पुनःनिर्माणको लागि प्राविधिक सहयोग प्रदान गर्नेछ । 

A Levels MA