After SEE Portal

ब्रिटिस कलेजद्वारा इन्क्युबेशन सेन्टरको सुरुवात

Bridge Course

थापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी)ले इन्क्युबेशन सेन्टरको सुरुवात गरेको छ । नवप्रवर्तन र उदयमान स्टार्टअपहरुलाई बढावा दिन र उद्यमीहरुलाई अझै सशक्त बनाउनका लागि कलेजले बिहीबार आधिकारिक रुपमा इन्क्युबेशन सेन्टरको सुरुवात गरेको हो ।

कलेज हातामा रहेको इन्क्युबेशन सेन्टरले सेवा तथा स्रोत÷साधनहरुको क्षेत्रमा काम गर्ने कलेजले जानकारी दियो । यसले स्रोत–साधनको उपलब्धतासँगै विशेष कार्यक्रमहरु, कार्यशाला गोष्ठी, विजनेस नेटवर्किङको अवसर लगायतका सेवाहरु प्रदान गर्नेछ । सेन्टरले उद्यमीहरूलाई सहयोग गर्नको लागि सल्लाहकारहरु, विभिन्न पक्षहरुसँग समन्वय गर्ने अवसर, व्यापारिक समूहविचको समन्वय वृद्धि तथा कार्यक्रम गर्नको लागि स्थान उपलब्ध गराउने बताइएको छ ।

त्यस्तै, इन्क्युबेशन सेन्टरका लिड सुबोध रुपाखेतीले आगामी वर्षको लागि सेन्टरको योजना तथा कार्यक्रमहरुसँगै यसको विस्तार योजनाको रुपरेखा प्रस्तुत गरेका थिए । कलेजले वार्षिक रुपमा आयोजना गर्दै आएको ‘टीबीसी स्टार्टअप फेस्ट’ पनि यसै सेन्टर अन्र्तगत पर्ने उनको भनाई छ ।

इन्क्युबेशन सेन्टरमा मुख्यतः विज्ञहरु हुनेछन्, जसमा सबैलाई समेटेर विकसित डिजिटल परिदृश्यमा स्टार्टअपहरुको सुरक्षा र प्रत्याभूूतिको सुनिश्चिताका गरिने छ । रुपाखेतीले भने, ‘हामी उद्यमीहरू, स्टार्टअपहरू र व्यवसायहरूलाई सदस्यता लिनको लागि, इन्क्युबेशन कार्यक्रमहरू, तथा इन्टर्नशिपको अवसरहरुको लागि आमन्त्रित गर्छौं साथै, अगाडि बढ्न र ब्यवसायको विकास गर्न खोजिरहेका व्यवसायीहरुसँग सहकार्यको लागि पनि तयार छौं ।’

कार्यक्रममा गुगलको प्रोडक्ट म्यानेजमेन्टको प्रमुख भएर काम गरिसकेका जोन पार्क तथा टीबीसीका पूर्व छात्र तथा फेल्ट एण्ड यार्न प्रालिका संस्थापक सुनिता शेर्पाले आफ्ना भनाईहरु राखेकी थिइन् ।

कलेजका संस्थापक तथा सीईओ राजन कँडेलले समापन मन्तब्य राख्दै भने, ‘इन्क्युबेशन सेन्टरको सुरुवातले उद्यमशीलता र नवप्रवर्तनको क्षेत्रमा एक महत्वपूर्ण कोसेढुङ्गाको प्रतिनिधित्व गरेको छ । यस कदमले आकांक्षी उद्यमीहरूको विचारहरूलाई सफल व्यवसायमा रूपान्तरण गर्न सहयोग गर्ने हामीलाई विश्वास छ ।’

A Levels MA