After SEE Portal

समावेशी शिक्षा नीति कार्यान्वयन हुन बाँकी

Bridge Course

नेपालका शिक्षा रुपान्तरणका लागि समावेशी शिक्षाको भूमिका उल्लेखनीय रहेको एक कार्यक्रमका वत्ताहरूले बताएका छन् । ब्रिटिश काउन्सिलले आज आयोजना गरेको समावेशी शिक्षा विषयक विचारगोष्ठीका वत्ताहरूले यस्तो धारणा राखेका हुन् ।

उक्त कार्याक्रमका प्रमुख अतिथि शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक विष्णु कुमार अधिकारीले भने, ‘नेपालको शिक्षा रुपान्तरणमा समावेशी शिक्षा प्रमुख माध्यम हो ।’ उनले भने, ‘नेपालमा समावेशी शिक्षा सम्बन्धित शिक्षा नीतिहरू छन् तर हाम्रा विद्यालयहरूमा समावेशी शिक्षण अभ्यासहरू प्रभावकारी हुन सकेको छैन, यसको प्रवद्र्धनका लागि यी नीतिहरू अझैपनि पूर्ण कार्यान्वयन हुन सकेका छैनन् ।’

‘समावेशी शिक्षाले समावेशी समाज निर्माणको लागि इँटा थप्ने कार्य गर्दछ । नेपालको समग्र विकासको लागि सीमान्तकृत समुदायहरूको लागि शिक्षा तथा अवसरहरूमा पहुँच वृद्धि गर्नु जरुरी छ ।’ सोही कार्यक्रममा बोल्दै नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले भने, ‘शिक्षामा समावेशी योजना राखेर कार्यान्वयन गर्न म सबैलाई प्रेरित र सहयोग गर्न चाहन्छु ।’

ब्रिटिश काउन्सिल नेपालका कन्ट्री डाइरेक्टर जोभान इलिकले ब्रिटिश काउन्सिलले गर्ने सबै कार्यहरू केन्द्रमा समानता, विविधता र समावेशी रहने गरेको बताए । ‘सबै बालबालिकाहरूले शिक्षा पाउनु उनीहरूको हक र मौलिक मानव अधिकार हो ।’ उनले भने, ‘समावेशी शिक्षाले सशक्तीकरण गर्ने र नेपालको वर्तमान शैक्षिक प्रणालीभित्र यसले परिवर्तन ल्याउने प्रभावकारी छ ।’

विश्वका  सयभन्दा बढी मुलुकहरूमा कार्यरत रहँदा हामीले समय अन्तरालमा ब्रिटिश काउन्लिमा सिक्दै आएका कुरा भनेको कसरी विविधताले सिर्जनशीलता, सकारात्मक कार्य संस्कृति, कार्यसम्पादन र समग्र क्षेत्रमा प्रभाव पार्ने गर्दछ । ‘विविधताले सबैको लागि, कुनै पनि संगठन वा संस्थाको लागि कार्यसम्पादनलाई कसरी र किन प्रेरित गर्दछ भन्ने सम्बन्धमा प्रमाणहरू दिनप्रतिदिन वृद्धि हुँदै आएका छन्, तसर्थ, विविधता सर्वप्रथम स्थापना गर्ने सबभन्दा उपयुक्त ठाउँ हाम्रो विद्यालयहरू हुन्’ उनले सुझाए ।

 

उक्त अवसरमा ब्रिटिश काउन्सिलले सुजन दुग्लसद्वारा सम्पादित ‘समावेशी विद्यालय वातावरण निर्माण’ शीर्षकको पुस्तकको विमोचन गरिएको थियो । पुस्तकमा विश्वभरका उत्कृष्ट प्रमाणहरू र अनुसन्धानहरू, समावेशी शिक्षाका पहलहरू स्थानीय र विश्व परिवेशका बारेमा प्रकाश पारिएको छ । यो पुस्तकलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता डा. दिव्या दवाडीले समीक्षा गरेकी छन् ।

उक्त कार्यक्रममा नीति निर्माताहरू, योजनाकारहरू, प्रशासकहरू, प्रधानाध्यापकहरू, शिक्षकहरू, अनुसन्धानकर्ताहरू, गैरसरकारी संस्थाहरू र निजी क्षेत्र तथा विकास साझेदारहरूलाई समावेशी शिक्षाका बारेमा छलफल गराउनु र नेपाल, दक्षिण एसिया र बेलायतको परिवेशमा समावेशी शिक्षाका सम्बन्धमा रहेका विभिन्न दृष्टिकोणका बारेमा धारणा आदानप्रदान गर्नु रहेको काउन्सिलले जानकारी दिए ।

ब्रिटिश काउन्सिल बेलायतमा प्रमुख कार्यालय रहेको सांस्कृतिक सम्बन्ध तथा शैक्षिक अवसर विस्तारका लागि स्थापित एक अन्तर्राष्ट्रिय संस्था हो । बेलायत र अन्य मुलुकहरूका जनताबीच मैत्रीपूर्ण ज्ञान र बुझाइको विकास गर्दै सहकार्य गर्ने मुलुकहरूमा त्यहाँका जनताहरूका लागि अवसरको सिर्जना, सम्बन्धहरू निर्माण र आपसी सद्भाव एवम् विश्वासको विकासमार्फत जीवन परिवर्तनमा सकरात्मक योगदान गर्दै आएको छ ।

A Levels MA