After SEE Portal

राजिनामा दिने शिक्षकलाई एकदेखि तीन लाख रुपियाँ प्रोत्साहन

Bridge Course

काभ्रेको पनौती नगरपालिकाले निवृत्तिभरण भएका र स्वेच्छिक अवकास लिने शिक्षकलाई एक लाखदेखि तीन लाखसम्म प्रोत्साहन रकम दिने भएको छ । नगरपालिका भित्र आवश्यकताभन्दा बढी शिक्षक भएको हुँदा दरबन्दी मिलान गर्न समस्या भएकाले निवृत्तिभरण भइसकेका र अनिवार्य अवकास हुन एक देखि चारवर्षसम्म सेवा अवधि बाँकी रहेका स्थायी शिक्षकहरुलाई स्वैच्छिक अवकासमा जान प्रोत्साहित गर्ने उद्देश्यले प्रोत्साहन रकम निर्धारण गरेको हो ।

नगरपालिकाले एक पटकका लागि एक वर्षसम्म सेवा अवधि बाँकी भएका शिक्षकहरुका लागि रु एक लाख,एक वर्ष भन्दा बढी दुई वर्ष सम्म सेवा अवधि बाँकी भएका शिक्षकहरुका लागि रु. एक लाख पचास हजार, दुई बर्ष भन्दा बढी तीन बर्ष सम्म सेवा अवधि बाँकी भएका शिक्षकहरुका लागि रु दुई लाख, तीन वर्ष भन्दा बढी चार बर्ष सम्म सेवा अवधि बाँकी भएका शिक्षकहरुका लागि रु दुई लाख पचास हजार, चार वर्ष भन्दा बढी सेवा अवधि बाँकी भएका शिक्षकहरुका लागि अक्षरुपी रु. तीन लाख प्रोत्साहन रकम प्रदान गर्ने नगरप्रमुख भीम न्यौपानेले बताए ।

नगरपालिकाले १५ दिन भित्र इच्छुक शिक्षकलाई शिक्षा शाखामा निवेदन दिनुपर्ने प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद वाग्ले बताए ।

शिक्षक अवकाश हुन एक महिना बाँकी हुँदै करारमा नियुक्त गर्नुपर्ने

करारमा शिक्षक नियुक्त गर्न शिक्षकको सेवाअवधि एक महिना बाँकी हुँदा नै नियुक्त गर्नुपर्ने शिक्षा विकास तथा समन्वय इकाइ मोरङले सबै स्थानीय तहलाई निर्देशन दिएको छ ।

सबै सामुदायिक विद्यालयमा शिक्षकको अनिवार्य अवकाश र करारमा नयाँ शिक्षक नियुक्ति बीचको अवधि नमिलेको हुँदा बालबालिकामा पठनपाठनको समयावधि धेरै हुँदा बालबालिकाको पठनपाठनमा प्रभावित हुनेहुँदा इकाइले सबै स्थानीय तहलाई यस्तो निर्देशन दिएको हो । ।

प्रस्तुत विषयमा शिक्षकको अनिवार्य अवकाश र करारमा नयाँ शिक्षक नियुक्ति बिचको अवधी धेरै लामो हुन गई विद्यार्थीको शिक्षण सिकाइमा असर परिरहेको अवस्थालाई मध्यनजर गरी सम्बन्धित विद्यालयहरुले अवकाश हुन कम्तिमा एक महिना अघि देखि नै करार शिक्षक नियुक्ति प्रकृया सुरु गरी शिक्षकको अवकाश र करारमा नयाँ नियुक्ति एकै साथ हुने गरी व्यवस्था मिलाउन सबै पालिकाले निर्देशन दिइसकेको इकाइ प्रमुख टंक प्रसाद गौतमले जानकारी दिए ।

 

A Levels MA
Thuprai - Books and E-books