हिमालयन हवाइटहाउस इन्टरनेशनल कलेजको नव निर्मित भवन उद्घाटन

रामशाहपथ पुतलीसडक स्थित हिमालयन हवाइटहाउस इन्टरनेशनल कलेजको नव निर्मित अत्याधुनिक भवनको एक समारोहका विच पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा. यादव राज कोइरालाले उद्घाटन गरेका छन् ।

कलेजको आफ्नै हल मा आयोजित उद्घाटन समारोहका प्रमुख अतिथि उपकुलपति कोइरालाले आफ्नो सम्बोधनमा हिमालयन हवाइटहाउस इन्टरनेशनल कलेज राष्ट्रकै एक उत्कृष्ट कलेज रहेकाले यसमा पढ्न पाउनु विद्यार्थीका लागि सुवर्ण अवसर रहेको बताए । आफू उक्त कलेजका बारेमा धेरै अगाडिबाटै जानकार रहेको र कलेजको शिक्षा क्षेत्रमा ठूलो योगदान रहेको बताउदै आफ्नै भवन निर्माण पश्चात शैक्षिक गुणस्तर अभिवृद्धि र कलेजको स्थायित्वमा थप बल पुग्ने विश्वास व्यक्त गरे । कलेजको अहिलेको टिम भरोसायोग्य भएकाले कलेजले विगत २२ वर्षमा हासिल गरेको विरासतलाई कायम राख्दै थप उचाइ र उत्कृष्टता हासिल गर्ने उल्लेख गर्ने कलेजको उत्तरउत्तर प्रगतिको कामना व्यक्त गरे ।

सोही समारोहलाई सम्वोधन गर्दै पूर्वाञ्चल विश्वविद्यालयका रजिष्टार निलमणि पोखरेलले हिमालयन हवाइटहाउस इन्टरनेशनल कलेजले सुरुका दिनमा पूर्वाञ्चल विश्वविद्यालयलाई पूर्व मेचि देखि पश्चिम महाकाली सम्म चिनाउने काम गरेको र विद्यार्थीहरुको पहिलो रोजाइको कलेज रहेका बताए । हवाइटहाउस पढ्नु कुनै पनि विद्यार्थीहरुका लागि गौरव र प्रतिष्ठाको विषय रहेको वताए ।

परीक्षा नियन्त्रक प्रा.मोहन वहादुर वस्नेतले पूर्वाञ्चल विश्वविद्यालयले समयानुकुल परीक्षा प्रणालीमा सुधार गर्दै आइरहेको र अझै यसलाई परिष्कृत गर्दैै जाने बताउदै कलेजको उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरेका थिए । उक्त समारोहलाई त्रिभूवन विश्वविद्यालय, इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुलचोक क्याम्पसका प्राडा. विनोद पराजुली र पूर्वाञ्चल विश्वविद्यालय शिक्षक संघका सभापति डा.सन्देश दास श्रेष्ठले पनि सम्वोधन गरेका थिए । समारोहको अध्यक्षता कलेजका पिन्सिपल प्रा तोयानारायण पौडेलले गरेका थिए भने कार्यक्रम संचालन कलेजका प्रमुख प्रशासकीय अधिकृत नारायण आचार्यले गरेका थिए । सो कार्यक्रममा कलेजका भाइस प्रिन्सिपल डा. अजय खड्काले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमा कलेजका अध्यक्ष ई.लक्ष्मण पोखरेलको पनि उपस्थिति थियो । कार्यक्रममा कलेजका प्राध्यापक, शिक्षक, कर्मचारी एवम् विद्यार्थीहरुको समेत सहभागिता थियो ।

रामशाहपथ, पुतलीसडक स्थित ह्वाइट हाउस इन्टरनेशनल कलेज पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा विगत २२ बर्षदेखि अविछिन्न रुपमा सञ्चालित नेपालकै एक उत्कृष्ट कलेज हो । यस कलेजमा स्कूल अफ् साइनस एण्ड टेक्नोलोजि इन्जिनियरिङ अन्तर्गत बिई सिभिल,बिई कम्प्युटर बिई इलेक्स् ,कम अटोमोसन, बिटेक इन बायोटेक्नोलोजि, र बिआईटी कार्यक्रमहरु सञ्चालनमा छन् भने स्नातकतहमा स्कूल अफम्यानेजमेन्ट र आर्टस अत्तर्गत बिबिए, बिएचएम, बिएलएएस र स्नातकोत्तर तहमा एमबिए र ईएमबिए कार्यक्रमहरु सञ्चालित छन् ।