Bachelors Portal

‘आरम्भ इन्नोभेसन हब’ को उद्घाटन

Managed Admission 2022

सोचदेखि उद्योगसम्म भन्ने नाराकासाथ  ‘आरम्भ इन्नोभेसन हब’ को हालै एक समारोहबिच उद्घाटन गरिएको छ ।

जापानी कम्पनी फोर्थ भ्याली कन्सियर्स र नेपाली संस्था आइडिया स्टुडियो, लिड एक्स नेपालको सहयोगमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सेफ सन्तोष शाह र आइडिया स्टुडियोका संस्थापक डा। छिरिङ लामाले इन्नोभेसन हबको उद्घाटन गरेका हुन् ।

आइडिया स्टुडियो र लिड एक्स नेपालले युवाहरुलाई अन्तर्राष्ट्रिय स्तरमा उद्यमशीलताको अवसरहरु खोज्न सिकाउने र सघाउने काम गर्दै आएको छ । यसले व्यक्तित्व विकास र पेशागत क्षमताको अभिवृद्धिमा समेत सहायता गर्ने गरेको छ ।

आरम्भ कलेजका प्रिन्सिपल सुरज शिवाकोटीले दुई संस्थाको सहकार्यमा आरम्भ इन्नोभेसन हबमा विद्यार्थीहरुको नवीन सोचलाई आकार दिने क्ष्य रहेको बताए । ‘इन्नोभेसन हबले स्टार्टअप कल्चर, उद्यमशीलताको विकास र विद्यार्थीको व्यक्तिगत विकासमा सहयोग गर्छ’ शिवाकोटीले भने, ‘ पहिलो वर्ष १०, दोस्रो वर्ष २०, तेस्रो वर्ष ३० र चौथो वर्ष ५० जना विद्यार्थीले आफ्नै व्यवसायको विकास, कम्पनीको विकास गरी त्यसको प्रमुख भएर काम गर्ने वातावरण बनाउने उद्देश्य लिएका छौं ।’

अन्तर्राष्ट्रियरुपमा ख्यातिप्राप्त गरेका सेफ सन्तोष शाहले  आरम्भ कलेज परिसरमा त्यहाँका विद्यार्थीहरुसँग अन्तरक्रिया समेत गरेका छन् । आरम्भ कलेजले आयोजना गरेको कार्यक्रममा सेफ शाहले हस्पिटालिटी र उद्यमशीलतामा जोड दिँदै विद्यार्थीसँग अन्तरक्रिया गरेका हुन् ।

‘मिथिला थाली’ भनेर स्थानीय परिकारलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पहुँच र पहिचान दिने काममा खटिएका शाहले हस्पिटालिटीका विविध आयाम र उद्यमशीलताबारे विद्यार्थीलाई प्रष्ट पारेका थिए । उनले आरम्भ कलेजको ‘पढ्दै कमाउँदै’ भन्ने मान्यताको खुलेर प्रशंसा गरेका थिए । अन्तरक्रियामा कलेजमा बिएचएम र बिआइएममा अध्ययनरत विद्यार्थीहरु सहभागी थिए ।

प्रिन्सिपल शिवाकोटीले विश्वमै ख्यातिप्राप्त व्यक्तिलाई कलेजमा ल्याएर विद्यार्थीहरुसँग अन्तरक्रिया गराउनाले विद्यार्थीको मनोबल बढ्ने भएकोले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए ।

 

 

Select college / campus