After SEE Portal

​बाल शिक्षा माविको नवनिर्मित भवनको उद्घाटन​

Bridge Course

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिक्षा विकासका लागि भौतिक सुधारको खाँचो भए पनि त्यसबाट मात्र सबै कुरा हासिल नहुने हुँदा गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाअन्तर्गत खाडीचौरमा बाल शिक्षा माविको नवनिर्मित भवनको हिजो उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले ‘एक पालिका एक प्राविधिक शिक्षालयको स्थापना’ गर्न सरकारले बजेट विनियोजन गरिसकेको उल्लेख गर्नुभयो । उहाँले उक्त कार्यक्रम कार्यान्वयन भएपछि शैक्षिक बेरोजगारी कम हुने विश्वास व्यक्त गर्नुभयो ।

शैक्षिकस्तर सुधार गर्न शिक्षकको व्यवहारमा पनि परिवर्तन हुनुपर्नेमा जोड दिँदै अध्यक्ष तिमिल्सिनाले शिक्षक, अभिभावक विद्यार्थी तीनै पक्षको लागि परेमा समुदायलाई पनि संस्थापक विद्यालयकै स्तरमा लान सकिने विश्वास व्यक्त गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कार्केल लामाको सभापतित्वमा भएको सो कार्यक्रममा प्रदेश ३ का सभासद् सरेश नेपाल, केन्द्रीय आयोजना कार्यालय एकाइ शिक्षाका निर्देशक यमनारायण श्रेष्ठलगायतले शिक्षाको बारेमा प्रकाश पार्नुभएको थियो ।

एशियाली विकास बैंक एडीबीको ऋण सहयोग रु ४ करोड ५० लाखमा प्रयोगशालासहित १२ कोठे भवन र छात्रा तथा अपाङ्ग मैत्री शौचालयसहितको भवन निर्माण भएको हो । विसं २०७२ को भूकम्पबाट साविक भवन क्षतिग्रस्त भएपछि विगत चार वर्षदेखि अस्थायी टहरामा ४०० छात्रछात्रा अध्ययनरत् रहेको विद्यालयले जनाएको छ ।

A Levels MA