पछिल्लो तीन वर्षमा विदेश अध्ययन गर्न जाने विद्यार्थीसंगै नेपाली मुद्रा ७३ अर्ब ३७ करोड रुपियाँ विदेशिएको छ ।
नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुासर चालु आर्थिक वर्षको शिक्षातर्फको व्यय २२ अर्ब ६० करोड रुपियाँ रहेको छ । आर्थिक वर्ष २०७६-७७ मा विदेशमा अध्ययन गर्न जानेहरुबाट २५ अर्ब ८१ करोड, २०७७-७८ मा पनि २४ अर्ब ९६ करोड र चालु आर्थिक वर्षमा २२ अर्ब ६० करोड रुपियाँ विदेशिएको छ । पछिल्लो तीन वर्षमा वैदेशिक अध्ययनका लागि ७३ अर्ब ३७ करोड रुपियाँ विदेशिको हो ।
तीन वर्षमा केही समय सुस्ताएको वैदेशिक अध्ययन यात्रा पुनः ब्युझिएसंगै नेपाली रुपियाँ विदेशिने क्रम बढेको हो । उच्च शिक्षाका लागि बाह्य मुलुकलाई गन्तब्य बनाउने क्रममा केही शिथिलता आएको भए पनि यसको प्रकोप कम भएसंगै संख्यात्मक मात्रा बढेर गएको छ ।
अध्यगमन विभागको तथ्याङक अनुसार चालु आर्थिक वर्षको फागुनसम्ममा ८९३ जनालाई विदेश अध्ययनका लागि भिसा जारी गरेको छ । विभागले २०७८ चैत्र ६ गते सर्वाजनिक गरेको तथ्याङ्क अनुसार यो वर्ष गत वर्षको तुलनामा १५४ जना बढी विद्यार्थी विदेशिएका छन् । गत वर्ष फागुनको अन्त्य सम्ममा विभागले ७३९ जनाको मात्र भिसा जारी गरेको थियो । त्यसैगरी गतवर्ष विभिन्न देशहरुका लागि ४५ हजार ६२५ जनाले वैदेशिक अध्ययन अनुमति पत्र लिएका थिए भने यो वर्ष अहिले सम्म ३५ हजार ७५४ जनाले एनओसी लिइसकेका छन् ।
पछिल्लो समय उच्च शिक्षाका लागि अध्ययन अनुमति पत्र (एनओसी) लिनेको संख्या बार्षिक वृद्धि हुँदै गएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाका अनुसार एनओसी लिनेको संख्या दैनिक वृद्धि हुँदै गएको छ । अहिले दैनिक १ हजार ३ सय सम्म विद्यार्थीले एनओसी लिने गरेका छन् । पछिल्लो तीन साता यता एनओसी लिनेको संख्या ह्वातै बढेर गएको छ । वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीले उच्च शिक्षा संगै रोजगारी पनि पाउने हुँदा विदेशिने विद्यार्थीको संख्या दैनिक बढ्दै गएको हो ।
शाखा प्रमुख वैदेशिक रोजगारी अध्ययनका लागि जानेहरुको पहिलो गन्तब्य मुलुक अस्ट्रेलिया बन्न पुगेको छ । शाखाका अनुसार यो वर्ष अहिले सम्म २३ हजार ७६९ जनाले अस्ट्रेलियालाई गन्तब्य मुलुक बनाएर एनओसी लिएका छन् । त्यसैगरी जापान ६ हजार ४८९, क्यानडा १ हजार ३८३, भारत १ हजार ३४८, युके ६११, दक्षिण कोरिया ४४०, युएसए ३७४ थाइल्यान्ड ६२ जनाले वैदेशिक अध्ययन अनुमति पत्र लिएको शाखाको तथ्याङ्कमा उल्लेख छ । ।
शाखाका तथ्याङ्क अनुसार सन् २०२२ को जनवरीदेखि मार्च महिनासम्म विभिन्न देशमा विद्यावारिधि तथा एमफिलका लागि ५८ जना, स्नातकोत्तर तहको लागि ३ हजार ४४१ जना र स्नातक अध्ययनका लागि ६ हजार ९४ जनाले एनओेसी लिएका छन् । त्यस्तैगरी डिप्लोमाका विभिन्न विषयका लागि ८ हजार ६१०, अन्य विषयका लागि १० हजार ९४७ जनाले एनओसी लिएका छन् । त्यसैगरी विभिन्न देशमा भाषा अध्ययनका लागि ६ हजार ६०४ जनाले एनओसी लिएका छन् ।