आव २०७८–७९ मा शिक्षा मन्त्रालयले ५० प्रतिशत उपलब्धी हासिल गर्यो (वार्षिक प्रतिवेदन सहित)

आव २०७८–७९ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालुतर्फ ८८.२ प्रतिशत र पूजिँ गत तर्फ ३९.८८ प्रतिशत वित्तीय प्रगति हासिल भएको जनाएको छ। मन्त्रालयले दोस्रो प्राथमिकतामा परेका सबै आयोजनाको प्रगति ५० प्रतिशत भन्दा बढी भएको जनाएको छ ।

कूल विनियोजित परिमार्जित वार्षिक बजेट रु।१ खर्ब ८३ अर्व ८ करोड मध्ये शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा अन्तर्गत संघीय तहका लागि कुल रु। ४८ अर्ब ५२ करोड १८ लाख (चालुतर्फ रु ४८ अर्ब १२ करोड ३३ लाख र पूजिँ गत तर्फ रु। ३९ करोड ८५ लाख) विनियोजित भएकोमा लक्षित बजेटबाट यस अवधिमा पहिलो प्राथमिकतामा परेका आयोजना तथा ब।उ।शि।नं।हरूमध्ये ८० प्रतिशत भन्दा बढी प्रगति भएका ६ वटा, ५० देखि ८० प्रतिशत सम्म प्रगति भएका ३ वटा र ५० प्रतिशत भन्दा कम प्रगति भएका २ वटा रहेका जनाएको छ ।

त्यसैगरी दोस्रो प्राथमिकतामा परेका आयोजना तथा ब।उ।शि।नं।हरूमध्ये ८० प्रतिशत भन्दा बढी प्रगति भएका ५ वटा, ५० देखि ८० प्रतिशत सम्म प्रगति भएका ५ वटा रहेका शिक्षा मन्त्रालयद्वारा जारी वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

दस वर्षेविद्यालय शिक्षा क्षेत्र योजना स्वीकृत भई कार्यान्वयनकाृ चरणमा रहेको, लेटर ग्रेडिङ् निर्देशिका, २०७८, राष्ट्रपति शैक्षिक सधुार कार्यक्रम अन्तर्गत पढदैँ कमाउदै कार्यक्रम सञ्चालन कार्यविधि, २०७८, रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) नियमावली, २०७८, सिकाइ चौतारी विकास, सञ्चालन, प्रयोग र सम्भार कार्यविधि, २०७८ स्वीकृत भएको जनाएको छ ।

५ हजार ९८० सामुदायिक विद्यालयमा कक्षाकोठा निर्माण गरिएको, २ हजार १८१ विद्यालयमा डिजिटल पुस्तकालय’आईटी ल्याव व्यवस्थापन कार्य सम्पन्न गरेको उल्लेख गरेको छ ।

वार्षिक प्रगति प्रतिवेदन २०७८-७९

Thuprai - Books and E-books