A Levels MA

केही पालिकामा यो वर्ष स्तरीकृत परीक्षा सञ्चालनको अभ्यास गरिने

स्तरीकृत परीक्षा प्रणाली गर्नका लागि तालिम प्राप्त जनशक्ति तयारीमा राष्ट्रिय परीक्षा बोर्ड जुटेको छ ।

आधारभूत तहमा स्तरीकृत परीक्षा सञ्चालनका लागि बोर्डले तालिम प्राप्त व्यक्तिबाट प्रश्न बैङ्क तयार रपरीक्षा सञ्चालनको तयारीमा जुटेको हो ।

केही पालिकामा स्तरीकृत परीक्षा सञ्चालनका लागि तालिम प्राप्त जनशक्तिले यसै शैक्षिकसत्रमा स्तरीकृत परीक्षा सञ्चालन गराउने भएका छन् । भने, सबै पालिकामा आगामी शैक्षिक सत्रदेखि परीक्षणका रुपमा कक्षा ६ देखि ८ सम्म स्तरीकृत परीक्षा प्रणाली लागू गर्न बोर्डले तालिम प्राप्त जनशक्ति उत्पादन गर्न थालेको हो ।

बोर्डका अनुसार स्थानीय पालिकाहरूसंग समन्वय गरेर पालिकाका शिक्षा शाखाबाट प्रधानाध्यापक, विषय शिक्षक, विषय विज्ञलाई प्रश्नपत्र निर्माण गर्न लगाइ पालिकामा नै प्रश्न बैङ्क तयार गर्न लगाइने भएको छ ।

देशभर पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षण सिकाई एउटै भए पनि परीक्षा भने फरक खालको भइरहेको हुँदा विशिष्टीकरण तालिका अनुसार प्रश्नपत्र तयार गरी एकै खालका र एउटै स्तरका प्रश्नपत्रबाट परीक्षा सञ्चालन गर्न यो प्रणाली लागु गर्न लागिएको बोर्डका दाबी छ ।

Thuprai - Books and E-books