काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयको २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा माथिल्लो समूहको जीपीए ल्याउने विद्यार्थीको संख्यामा वृद्धि भएको पाइएको छ ।
महानगरपालिकाले गरेको एसईईको मूल्याङ्कन अनुसार ३.६–४ जीपीए ल्याउनेको संख्या गत वर्षभन्दा ७८ प्रतिशतले बढेको छ । भने, ३.२–३.६ जीपीए ल्याउने विद्यार्थी गत वर्षभन्दा ५१ प्रतिशतले बढेका छन् ।
त्यस्तै, २.८–३.२ सम्म जीपीए ल्याउने विद्यार्थीको संख्या १६ प्रतिशतले बढेको छ । त्यस्तै २.४–२.८ जीपीए ल्याउने विद्यार्थी गत वर्षभन्दा २ प्रतिशतले बढेको देखाएको छ ।
त्यस्तै तल्लो समूहको जीपीए ल्याउनेको संख्यामा भने विद्यार्थी क्रमशः घट्दै गएको महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आज विहान सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको तथ्यांकका उल्लेख छ ।
त्यस्तै २.१–२.४ समूहको जीपीए ल्याउने विद्यार्थी गत वर्षको तुलनामा ८ प्रतिशतले घटेका छन् । भने १.६–२ जीपीए ल्याउने विद्यार्थी गत वर्षभन्दा २९ प्रतिशतले घटेका छन् । त्यसैगरी १.२–१.६ जीपीए ल्याउने विद्यार्थी १८ प्रतिशतले घटेको तथ्यांकमा उल्लेख ।
गत वर्ष (२०७८) को परीक्षामा सहभागी हुन आवेदन दिएका ३ हजार ९४३ विद्यार्थी मध्ये ८५ जनाले यो समूहको जीपीए ल्याएका थिए । यो कुल विद्यार्थीको २.१६ प्रतिशतले ३.६ देखि ४ जीपीए ल्याएका थिए । भने, शैक्षिक वर्ष २०७९ मा ३ हजार ९१२ विद्यँर्थीले आवेदन दिएकामा १५० जनाले ३.६ देखि ४ जीपीए ल्याएका छन् । यो कुल विद्यार्थी संख्याको ३.८३ प्रतिशत हो । गत वर्ष आवेदक मध्ये ३.१७ (१५०जना) प्रतिशत विद्यार्थी अनुपस्थित थिए भने यो वर्ष १.१३ (५०) जना परीक्षामा अनुस्थित भएका थिए ।
गत वर्ष ८.२४प्रतिशतले ३.२–३.६ जीपीए ल्याएका थिए । यो समूहको जीपीए ल्याउने विद्यार्थीको संख्या संख्या ३२५ जना थियो । यस बर्ष ४८६ जनाले उक्त समूहको जीपीए ल्याएका छन् । यो कुल विद्यार्थी संख्याको १२.४२ प्रतिशत हो ।
यो समूहको जीपीए ल्याउने विद्यार्थीमा यो वर्ष ५१ प्रतिशतले बृद्धि भएको छ । । गत बर्ष ६९७ जना अथावा कुल विद्यार्थी संख्याको १७.६८ प्रतिशतले २.८–३.२ प्रतिशत जीपीए ल्याएका थिए ।
यो बर्ष २०।५५प्रतिशत ९८०४जना० ले २.४–२.८ जीपीए ल्याएका छन् यो समूहको जीपीए ल्याउनको ंख्यामा पनि गत वर्षभन्दा १६ प्रतिशत वृद्धि भएको छ र गएको बर्ष यो समूहको जीपीए ल्याउन विद्यार्थीको संख्या ९६६ (२४.५०प्रतिशत) थियो । यो बर्ष ९७४ (२४.९० प्रतिशत) पुगेको छ ।
त्यसैगरी गएको बर्ष १ हजार ४ (२५.४६ प्रतिशत) ले २.१–२.४ जीपीए ल्याएका थिए । यो वर्ष सोही समूहको जीपीए ल्याउनेको संख्यामा घटेर ९१३ (२३.३४प्रतिशतले ) घटेको छ । यो वर्ष यो समूहको जीपए ल्याउनेको संख्या गत वर्ष भन्दा ८.५ प्रतिशतले घटेको छ ।
त्यस्तै गत वर्ष १.६–२ जीपीए ल्याउनेको संख्या ६२० जना भएकोमा यो वर्ष ४३५ जना रहेका छन् । यो समूहको जीपीए ल्याउनेको संख्या गत वर्षभन्दा २९ प्रतिशतले घटेको छ ।
त्यसैगरी १.२–१.६ जपिीए ल्याउनेको संख्या गत वर्ष १२१ भएको मा यो वर्ष ९९ जना रहेका छन् । यो समूहको जीपीए ल्याउनेको संख्या गतवर्ष भन्दा १८ प्रतिशतले घटेको छ ।
त्यस्तै ०.८–१ जीपीए ल्यनाउने विद्यार्थी गत वर्ष नभएकोमा यो वर्ष १ जनाको सो समूहको जीपीए आएको छ । गत वर्ष परीक्षामा कुल विद्यार्थीको ३.१७ विद्यार्थी अनुपस्थित रहेकोमा यो वर्ष १.२३ परीक्षार्थी अनुपस्थित रहेका थिए ।
यसका लागि
गणित र विज्ञान विषयका लागि ५० ओटा विद्यालयमा ५७ जना शिक्षक सहयोगी परिचालन गरेको प्रमख शाहले बताएका छन् ।गणित, विज्ञान, अङ्ग्रेजी, सामाजिक र नेपाली विषयमा सुधार गर्न सबै विद्यालयका लागि १७ जना शैक्षिक सहजकर्ता परिचालन गरेको उनलपे बताए । सहजकर्ताको सम्लग्नताले विद्यार्थीको शैक्षिक विकास कक्षा कोठाभित्र र बाहिर समग्र रूपमा वृद्धि भएको उनको दाबी छ ।
९० जना शिक्षकलाई १० घन्टे आइसीटी इन एजुकेसन तालिम पनि प्रदान गरेको उनले सार्वजनिक गरेका छन् ।
शिक्षासँग प्रविधिलाई जोड्न र शैक्षिक क्रियाकलापको सबलीकरणका लागि डिजिटल वियोन्डसंगको सहकार्यमा तालिम प्रदान गरेको उनले उल्लेख गरेका छन् ।
‘प्रविधिमैत्री सिप विकास, शिक्षकको विषयगत क्षमता विकास र शिक्षण सिकाई पेडागोजीमा सुधार, शिक्षकको समग्र चेतना विकासको लागि आधारभूत प्रशिक्षण, शिक्षण सिकाइका असल अभ्यास आदानप्रदान, विद्यार्थीको नतिजा सुधार कार्यक्रम हाम्रा सफलताका लागि साथ दिने कार्यक्रम हुन्’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विद्यालयमा सञ्चालन हुने अतिरिक्त क्रियाकलापका कारण विद्यार्थीहरु पढाइमा थप रुचि राख्न थाले । अध्यापनका क्रियाकलापमा विद्यालयको सक्रियता बढ्न थाल्यो । ’
प्रत्येक वडामा एउटा विद्यालयलाई सिकाई हब बनाई शिक्षकहरूको सिकाई अभिवृद्धि गर्न विषयगत तालिम सञ्चालन गर्दा नतिजामा सुधार आएको प्रमुख शाहले लेखेका छन् ।