After SEE Portal

हेराल्ड कलेजमा आईएमबीए सुरु

Bridge Course

बेलायतस्थित उल्भरह्याम्टन विश्वविद्यालयको सम्बन्धन प्राप्त हेराल्ड कलेज काठमाडौँले इन्टरनेसनल एमबीए (आईएमबीए) कोर्ष सुरु गरेको छ । पहिलो समूहमा १२६ जना विद्यार्थी अध्ययन गर्ने छन् ।

दुई वर्षे यो कोर्ष पूर्ण रूपमा प्रयोगात्मक र व्यावहारिक सिकाइमा आधारित हुने कलेजले जनाएको छ । यो कोर्ष अध्ययन गर्ने विद्यार्थीले विभिन्न प्रकारका अन्तरक्रिया, छलफल र प्रयोगात्मक अभ्याससँगै विभिन्न सङ्घसंस्थामा गएर कामको अनुभव साटासाट गर्न पाउने छन् ।    

आईएनजी ग्रुपका प्रबन्ध निर्देशक रवी फुयाँलले कलेजले प्रदान गर्ने शैक्षिक कार्यक्रम गुणस्तरको हुने बताउँदै यस कार्यक्रमले प्रयोगात्मक पाठ्यक्रममा आधारिक शैक्षिक पद्धति अवलम्बन गर्ने बताए । 

सन् १८३५ मा बेलायतमा स्थापना भएको उल्भरह्याम्टन विश्वविद्यालयले सन् २०१६ मा हेराल्ड कलेजलाई सम्बन्धन दिएको थियो ।  

 

 

A Levels MA
Thuprai - Books and E-books