२६ वर्षमा गैर कानुनी ८ करोड रुपियाँ कमाइ

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति डा. बलभद्रप्रसाद दासले आफ्नो २६ वर्से कार्यकालमा गैरकानुनी रुपमा ७ करोड ७१ लाख९२ हजार ८६० रुपियाँ २४ पैसा सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको भेटिएको छ ।

विसंं. २०५० असार २७ गते जुनियर रजिस्टर्ड पदमा सेवा प्रवेश गरेका दासले २०७६ असार ३० गते सम्म सो सम्पत्ति गैरकानुनी रुपमाआर्जन गरेका हुन् ।

डा. दास २०६८ पुस १७ गते देखि प्रतिष्ठानको उपकुलपति र तत्पश्चात सोही प्रतिष्ठानमा प्राध्यापक पदमा २०७६ असार सम्म कार्यरत रहेको प्रतिष्ठानले जानकारी दियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानमा डा. दास कार्यरत अवधिमा निजको वैध आय रु. ७ करोड ६० लाख १० हजार ४८९.८० पैसा रहेको तर निजले सो अवधिमा १५ करोड ३२ लाख ३ हजार ३५० रुपियाँ ४ पैसा लगानी तथा खर्च गरेको प्रमाणित भएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

प्रवक्ता अधिकारीका अनुसार आम्दानी र खर्चको तुलनात्मक अनुसन्धान गर्दा डा. दासको ७ करोड ७१ लाख ९२ हजार ८६० रुपियाँ २४ पैसाको स्रोत नखुलेको हुँदा निजलाई साबिकको भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिम गैरकानुनी सम्पत्तिआर्जन सम्बन्धी भ्रष्टाचारजन्य कसुर गरेको प्रमाणित भएको हुँदा डा. दासलाई बिगो असुल उपर गरी कानुनी कारबाहीका लागि विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

अख्तियारले अनुसन्धानका क्रममा डा. दासले आफ्नो कार्यकालमा गैर कानुनी रुपमा आर्जन गरेको सम्पत्ति श्रीमती पुनम दासको नाममा राखेको हुँदा स्रोत नखुलेको उक्त सम्पक्ति भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ ग...दफा २९ को उपदफा (१) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख. बमोजिम जफत गरी बिगो असुल गर्ने गरी मुद्दा दायर गरेको प्रवक्ता अधिकारीले जानकारी दिए ।

Thuprai - Books and E-books