After SEE Portal

इलाम नगरपालिकाले ४० जनालाई प्राविधिक विषय पढाउने

Bridge Course

इलाम नगरपालिकाले रत्नकुमार वान्तवा बहुप्राविधिक शिक्षालयमा अध्यायन गर्ने ४० जनालाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । नगरपालिका र  शिक्षालयविच तीनवर्षे डिप्लो कक्षा सञ्चालन गर्ने सम्झौता  भएसंगै अब पालिकाका ४० जनाले प्राविधिक विषयमा छात्रवृत्तिमा पढ्न पाउने भएका हुन् ।

पशु विज्ञान, बाली विज्ञान, वन विज्ञान, सिभिल इन्जिनियरिङ र फार्मेसीका कक्षा सञ्चालन गर्न सम्झौता भएको हो ।

इलाम नगरवासी प्राविधिक विषय अध्ययन गरेर रोजगारीको अवसर सिर्जना होस् भनेर प्राविधिक विषय अध्ययनका लागि कार्यक्रम अगाडि बढाइएको नगरपालिकाले जाकारी दियो ।

चालु आव २०७९–८० मा २४ जनालाई नगरपालिकाको अनुदान सहयोगमा (छात्रवृत्ति)  अध्यापन गराउने गरी सम्झौता भएको  नगर प्रमुख केदार थापाले जानकारी दिए ।

सो सम्झौता पत्रमा अध्यक्ष थापा र शिक्षालयका कार्यालय प्रमुख दीपक खनालले  हस्ताक्षर गरेका छन् । नगरपालिकाभित्र बसोबास गर्ने जेहेन्दार साथै आर्थिक अवस्था कमजोर, विपन्न, दलित तथा महिलाहरुलाई पशु विज्ञानमा पाँच, बाली विज्ञानमा पाँच, वन विज्ञानमा पाँच, सिभिल इन्जिनियरिङमा पाँच र फार्मेसीमा चारजना प्रशिक्षार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने नगरप्रमुख  थापाले बताए ।

उनले क्षमता भएर पनि आर्थिक रुपमा पछि परेका परिवारका सदस्यहरुले प्राविधिक विषय अध्ययन गर्न नपाएको हुँदा यो छात्रवृत्ति योजना अघि सारिएको हो । यो कार्यक्रमले विपन्न र पिछडिएका समुदायका छात्रछात्रालाई राहत मिल्ने बताइएको छ ।  

इलामको रत्नकुमार वान्तवा पोलिटेक्निक इन्स्टिच्युटमा हाल देशभरिका विद्यार्थीले प्राविधिक शिक्षा लिइरहेका छन् । रोजगारीको सुनिश्चितता हुने भएकाले पनि पछिल्लो समय प्राविधिक विषयमा धेरै विद्यार्थीहरुको रुचि बढ्न थालेको छ ।

A Levels MA
Thuprai - Books and E-books