After SEE Portal

प्राविधिक धारका विद्यार्थीको आइईएमआईएस विवरण अध्यावधिक गर्नुपर्ने

Bridge Course

शिक्षा तथा मानव स्रोत विकास केन्द्र (शैक्षिक सूचना तथा व्यवस्थापन शाखा) ले विषय प्राविधिक धारका विद्यार्थीको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आइईएमआईएस) विवरण अध्यावधिक गर्न प्राविधिक धार सञ्चालन गरिरहेका माध्यमिक विद्यालयलाई सूचित गरेको छ ।

माध्यमिक तहमा प्राविधिक धार सञ्चालन गरिरहेका (४८४ ओटै) विद्यालयलाई प्राविधिक धारमा मात्र अध्ययन गर्ने विद्यार्थी संख्या पहिचान आइईएमआईएस अद्यावधिक गर्न सूचित गरेको छ ।

केन्द्रले शैक्षिक सत्र २०७८ देखि विद्यालय स्वयंलेअनलाइन् आइईएमआईएसमार्फत प्राविधिक धारतर्फका विद्यार्थीहरुको विवरण अध्यावधिक गर्न सक्ने व्यवस्था गरेको छ । विवरण अद्यावधिक नगराउने विद्यालयले विद्यार्थी संख्याका आधारमा पाउने अनुदान प्राप्त गर्न नसक्ने हुँदा समयमा नै अद्यावधिक गराउन सूचित गरिएको सूचनामा उल्लेख छ ।

 विद्यार्थी विवरण अध्यावधिक गर्ने प्रक्रिया

१. बिद्यालयको IEMIS कोड र पासवोर्ड राखेर iemis.doe.gov.np मा Log in गर्ने ।

२. देब्रे भागमा भएको Flags मा Student Flag मा Assign School मा जाने । ३. कक्षा छान्ने, आफ्नो बिद्यालयमा भएको प्राबिधिक धारको बिषय छान्ने र यसरी छान्दा एक भन्दा बढी बिषय पनि छान्न सकिने । सो कक्षामा भएका विद्यार्थीहरुलाई प्राबिधिक धार अनुसार रेजा लगाउने ।

४. अन्तिममा भएको Submit बटन क्लिक गर्ने ।

५. यी जानकारीहरुलाई सुरक्षित राख्न विद्यालयले आफ्नो पासवोर्ड नियमित रुपमा परिबर्तन गर्ने ।

पुनश्चः हाल संघीय सरकारको सशर्त अनुदानबाट सुविधा प्राप्त गरिरहेका विद्यालयहरुलाई मात्र विवरण अद्यावधिक गर्न पाउने प्रावधान राखिएको छ । स्थानीय तहबाट अनुमति प्राप्त गरी सञ्चालन भै रहेका (४८४ भित्र नपर्ने) विद्यालयहरुले अनुमति पत्रको स्क्यान कपि सहितको जानकारी iemisacehrd.gov.np मा उपलब्ध गराएपछि विवरण अद्यावधिक गर्ने सुविधा उपलब्ध गराइने छ ।

 

 

A Levels MA
Thuprai - Books and E-books