After SEE Portal

आइबिएमले सिए कक्षा सञ्चालन गर्ने

Bridge Course

नेपालगन्जमा पहिलो पटक (चार्टर्ड एकान्टेन्सी) सिए पढाइ हुने भएको छ । नेपालगन्जस्थित इन्स्टिच्युट अफ बिजनेस म्यानेजमेन्ट (आइबिएम) ले सिए कक्षा सञ्चालनमा ल्याएको हो ।

सिए पढ्नका लागि भनेर बाहिर जानु पर्ने विद्यार्थीको गुनासोलाई मध्यनजर राख्दै आइबिएमले सिए कक्षा सञ्चालन गरेको आइबिएमका संस्थापक सदस्य सागर अधिकारीले बताए ।

अनुभवी चार्टर्ड एकाउन्टेन्टले आइबिएम सञ्चालनमा ल्याएपछि सिए पढ्न काठमाडौं र भारत जानुपर्ने बाध्यता हटेको उनले विश्वास व्यक्त गरे ।

अधिकारीका अनुसार, लेखा, कर, लेखापरीक्षण, व्यावसायिक परामर्शजस्ता क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले आइबिएम सञ्चालनमा ल्याएको हो ।

आइबिएमका अर्का सञ्चालक सदस्य सन्तोष कँडेलले आइबिएममै सिए पढाइ र नेपालगन्जमै परीक्षा हुने भएकाले अब सिए अध्ययन गर्न काठमाडौं र विदेश जानु नपर्ने बताउँदै निकट भविष्यमै आइबिएमले लेखा व्यवस्थापन तालिम, करसम्बन्धी तालिम र अर्थसम्बन्धी विभिन्न तालिम तथा गोष्ठी सञ्चालन गर्ने जानकारी दिए ।।

भर्नाका आधार

सीएका लागि आवेदन दिने परीक्षार्थीले सबै विषयमा न्यूनतम डी प्लस ग्रेडसहित पिसिएल वा बिजनेस–कमर्समा १ं२ वा सो सरहको कोर्स पूरा गरेको हुनुपर्नेछ ।

 रोजगारीको अवसर

कँडेलका अनुसार विसं २०५३ मा इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान) गठन भएपछि नेपालमा औपचारिक रूपमा सिएको पढाइ सुरु भएको हो । बर्सेनि सिएमा औसत ८०० जना विद्यार्थी भर्ना हुने गरेका छन् । सिए गरेपछि मुख्यतया विद्यार्थीले लेखापरीक्षण, लेखा, वित्तीय व्यवस्थापन, कर, कानुनलगायत विभिन्न विधामा दक्ष हुने भएकाले सम्बन्धित क्षेत्रमा परामर्शदाताको क्षेत्रमा रोजगारी पाउँछन् ।

यसका अलावा एनजिओ, आइएनजिओ, बैङ्क, अस्पताल, सरकारी कार्यालय, प्राइभेट कम्पनी, व्यापार, उद्योगसँगसम्बन्धित कार्यालयमा रोजगारीका अवसर पाउँछन् ।

शुल्क

आइबिएमबाट सिए गर्नेले घरमै बसेर अध्ययन गर्ने हो भने १ लाख ५० हजार रुपियाँमा अध्ययन पूरा गर्न सक्छन् । ‘इन्स्टिच्युटमा गएर पढ्ने हो भने ३ देखि ३.५ लाख रुपियाँमै कोर्ष पूरा गर्न सकिन्छ’ सञ्चालक सदस्य अघिकारीले भने,, ‘यदि विदेश गएर अध्ययन गर्ने हो भने तीन गुणा बढी पैसा लाग्छ ।’

सिए पढाइ हुने अन्य कलेज

यो भन्दा अगाडि सिएको पढाइ अन्य १० ओटा शिक्षण संस्थाबाट हुँदै आएको थियो ।

 प्राइम कलेज, नयाँ बानेश्वर, सुरुचि मार्ग, काठमाडौं, चैतन्य इन्स्टिच्युट अफ म्यानेजमेन्ट, शंखमूल, काठमाडौं, सीसीएमए कलेज पुतलीसडक, काठमाडौं, नेसनल कलेज अफ एकाउन्टेन्सी, बत्तीसपुतली, काठमाडौं, चार्टर्ड एकेडेमिक्स इन्टरनेसनल (सीएआई) पुतलीसडक, काठमाडौं, सिमा एकेडेमिक्स पुतलीसडक, काठमाडौं, प्रबुद्ध इन्टरनेसनल प्राइभेट लिमिटेड, सिर्जना चोक, पोखरा, प्राध्यापक एकेडेमी प्रालि, भरतपुर, चितवन, प्रिज्म सेन्टर अफ लर्निङ प्रालि, पोखरा, कास्कीमा सिएका कक्षा सञ्चालन गरिँदै आएको छ ।

A Levels MA