Managed Admission 2022

केन्द्र मै छैनन् कक्षा एकका पाठ्यपुस्तक

Bachelors Portal

अहिलेसम्म कर्णालीका विद्यालयमा पुगिसक्नु पर्ने पाठ्यपुस्तक पाठ्यक्रम विकास केन्द्र मै आएका छैनन् । छापाखानाले समयमा नै पाठ्यपुस्तक छापिनसक्दा केन्द्रमा पाठ्यपुस्तक आइ नपुगेका हुन् ।

सरकारले अबको दशक विद्यालय सबलीकरणको दशक भनेर घोषणा गरेको छ । यसका लागि नीतिगत रुपमा राम्रा राम्रा कार्यक्रम पनि अघि सारेको छ ।

एकातिर विद्यालय सबलीकरणका लागि जस्ता सुकै कार्यक्रम तय गरेपनि अर्कातिर कार्यान्वयनमा पुरानै अवस्था देखिएको छ । । विगतमा जस्तै अहिले पनि सरकारको कार्यप्रणाली कछुवाको गतिमा नै चलिरहेको छ ।

सरकारले छात्रालाई विद्यार्थी टिकाउने नाममा निशुल्क सिनिटरी प्याड वितरण गर्न सुरु गर्‍यो । सो कार्यक्रम चालु आर्थिक वर्षको मध्यतिर (पुस १५ देखि) कार्यान्वयनमा ल्यायो । यसका लागि बजेटमा नै १ खर्ब २७ करोड ३७ लाख ३७ हजार रुपियाँ बजेट विनियोजन गरिएको थियो ।

त्यस्तै गरी सरकारले यो वर्ष कक्षा एकको पाठ्यक्रम परिमार्जन गर्‍यो । परिमार्जित पाठ्यक्रम अनुसार तयार गरिने भनिएका कुनै पनि पाठ्यपुस्तक अहिलेसम्म विद्यालयमा पुग्न सकेका छैनन् । विद्यालयमा पुग्न त परै जाओस् अहिलेसम्म पाठ्यक्रम विकास केन्द्रमा नै पाठ्यपुस्तक पुग्न सकेका छैनन् ।

यसले गर्दा फागुनमा शैक्षिक सत्र सुरु भएका विद्यालयका १५ हजार बालबालिका प्रभावित भइरहेका छन् ।

‘हाम्रो शैक्षिक प्रणाली अहिले पनि पाठ्यक्रम केन्द्रित भन्दा पनि पाठ्यपुस्तक केन्द्रित छ ।’ एक निजी व्यावसाय सञ्चालक महिलाले भनिन्, ‘मेरो ६ वर्षको छोराको गृहकार्यमा तिम्रो आमाको पेसा के हो ? सोधिएको थियो मैले छोराको उत्तरमा मेरीे आमा व्यवसायी हुन् भन्ने लेख्न सिकाए, तर उनका शिक्षकले उक्त उत्तर काटेर मेरी आमा किसान हुन् बनाइदिएछन् ।’ उनले गुनासो गर्दै थपिन्, ‘हामी कहाँ पाठ्क्रम अनुसार पढाइ हुन्न, किताबमा जे लेखिएको छ सोही उत्तरलाई मात्र ठिक मानिन्छ,मान्न सिकाइन्छ ।’

यस्तो शिक्षण प्रणाली भएका सबै कक्षा कोठामा यो वर्ष पनि समयमा नै पाठ्यपुस्तक नपुग्ने निश्चित देखिएको छ ।

शैक्षिक सत्र सुरु हुनुभन्दा अगाडि विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्‍याउँछु भनेर लागेको केन्द्रमा नै अहिले सम्म कक्षा एकका सबै पाठ्यपुस्तक आइनपुगेको पाठ्यक्रम विकास केन्द्रका एक कर्मचारीले जानकारी दिए ।

फागुनको ६ गते बिति सक्दा पनि छापाखानाले १५ हजार पाठ्यपुस्तक पनि केन्द्रमा पुर्‍याउन सकेका छैनन् । केन्द्रमा अहिलेसम्म नआइपुगेका कर्णालीका हुम्ला, जुम्ला, डोल्पालगायतका हिमाली जिल्लाका विकट ठाउँका विद्यालयमा अबको दुईतीन महिनामा पनि पाठ्यपुस्तक नपुग्ने प्रष्ट देखिएको छ ।

कक्षा एकको मात्र होइन अन्न कक्षाका पनि कतिपय पाठ्पुस्तक छाप्न सम्म सुरु गरिएको छैन । कक्षा ६–८ को कम्प्युटर, गणित र पेसा व्यावसाय र गरी तीन विषयको पुस्तक जनक शिक्षाले छाप्न सुरु गरेकै छैन ।

कर्णालीमा कक्षा एक पढाइ हुने विद्यालय मात्र छैनन् । माथिल्लो कक्षाको पाठ्यपुस्तक पनि ती विद्यालयमा पुग्नै पर्ने हुँदा समयमा नै पाठ्यपुस्तक पुग्न नसक्ने प्रष्ट भएको शिक्षा विद्हरु बताउँछन् ।

पाठ्यक्रम विकास केन्द्रले भने फागुन १५ गतेभित्र फागुनमा शैक्षिक सत्र सुरु हुने जिल्लामा पाठ्यपुस्तक पुर्‍याउने बताउँदै आएको छ ।

I Tech store
Thuprai - Books and E-books