After SEE Portal

१५ सय स्वयमसेवक शिक्षकको लागि जागिर खुल्यो (स्थानीय तहसहित)

Bridge Course

सरकारले एक वर्षको लागि स्वयमसेवक शिक्षकका लागि शुक्रवार आवेदन खोलेको छ । शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक सत्र २०७७ वैशाखदेखि चैतसम्मका लागि आवेदन खोलेको हो । 

अंग्रेजी, गणित र विज्ञान मूल विषय पढेकाहरू शिक्षक हुन पाउँछन् । यस्तो शिक्षक हुन शिक्षण अनुमति पत्र (लाइसेन्स) पनि चाहिँदैन । स्नातक र स्नातकोत्तर तह पास गरेका १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका नेपाली नागरिकले जागिरका लागि निवेदन दिन सक्छन् । आउँदो शैक्षिक सत्र वैशाखदेखि नै विद्यालयमा स्वंयसेवक शिक्षक पठाउने गरी केन्द्रले तयारी सुरू गरेको हो । एक हजार पाँच सय जना स्वंयसेवक शिक्षक राख्ने तयारी थालिएको छ । विद्यार्थी संख्या धेरै भएका तर आवश्यकताअनुसार शिक्षक नभएका विद्यालयमा स्वंयसेवक शिक्षक राख्न लागिएको हो । 

देशका सात सय ५३ स्थानीय तहमध्ये छ सय ६८ तहमा शिक्षक अभाव छ । ‘चिनौं आफ्नो माटो, बनाऔं आफ्नै देश’ भन्ने बजेटमा समेटिएको कार्यक्रमबाट स्वंयसेवक शिक्षक राख्न लागिएको हो । 

स्वंयसेवक शिक्षक राख्न शिक्षा मन्त्रालयले गत २९ माघमा मन्त्रीस्तरीय निर्णय गरेको थियो । के चाहिन्छ योग्यता ? सुगम क्षेत्रको विद्यालयमा पढाउने स्नातक मात्रै पास गरेको शिक्षकलाई मासिक तलब २४ हजार छ भने भौगोलिक क्षेत्रअनुसार दुर्गम क्षेत्रमा काम गर्नेको तलब ३० हजार रुपैंया निर्धारण गरीएको छ । 

यस्तै स्नातकोत्तर तह उत्तिर्णको तलब सुगम क्षेत्रमा २६ हजार र दुर्गम क्षेत्रमा ३२ हजार रुपैंया निर्धारण गरीएको छ । स्वंयसेवक शिक्षकले सातामा २४ वटा पिरीयड पढाउनुपर्छ । 

 सूचना

स्वयम् सेवक  शिक्षक माग गरिएका स्थानीय तह

A Levels MA
Thuprai - Books and E-books