A Levels MA

काठमाडौँ विश्वविद्यालयबाट एक हजार ६०० विद्यार्थी दीक्षित हुँदै

काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयबाट उत्पादित चिकित्सा विधाका स्नातक र स्नातकोत्तर तहका एक हजार ६०४ विद्यार्थी शुक्रबार दीक्षित हुने भएका छन् ।

काठमाडौँ विश्वविद्यालयले आज विश्वविद्यालय परिसरमा पत्रकार सम्मेलन गरी २५औँ दीक्षान्त समारोहबाट चिकित्सा विधा तथा अन्य विधामा स्नातक गरेका विद्यार्थी दीक्षित गर्न लागिएको जनाएको छ । दीक्षित हुनेमा एमसीएच, डीएम, एमडी, एमएस, एमएस्सी र एमडीएसका १४८, एमबीबीएसका एक हजार ९८, बिडिएसका २१८, बीएस्सी इन नर्सिङका ११६ र बिपिटीका २४ विद्यार्थी रहेको विश्वविद्यालयका सूचना तथा सञ्चार प्रमुख डा हेमराज काफ्लेले जानकारी दिनुभयो ।

चिकित्सा विधाको माथिल्लो तहको एमसीएच उपाधि चार जनालाई प्रदान गरिने छ । तीमध्ये विश्वविद्यालयबाट पहिलो पटक एक जनालाई ‘प्लाष्टिक एण्ड रिकन्स्ट्रक्टिभ सर्जरी’ विषयमा एमसीएच उपाधि प्रदान गरिने काफ्लेले बताउनुभयो । दीक्षित हुनेमध्ये भारत, भुटान, श्रीलङ्का, मालदिभ्स, अमेरिका र बेल्जियमका २४६ विद्यार्थीसमेत छन् ।

Thuprai - Books and E-books