After SEE Portal

क्षति भएको शैक्षिक सत्रको विकल्पका बारेमा गृहकार्य गरिने

Bridge Course

कोभिड–१९ का कारण क्षति भएको शैक्षिक सत्रका बारेमा सबै विकल्पको गृहकार्य गरिने भएको छ ।

आज बसेको पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकले सो निर्णय गरेको हो । बैठक परिषद्का अध्यक्षसमेत रहेका शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको थियो ।

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक केशव दाहालले कोभिड–१९ का कारण पठनपाठन सञ्चालन हुन नसकेको र यस्तो अवस्थामा क्षति भएको शैक्षिक सत्रका बारेमा सबै विकल्पको गृहकार्य गरी विस्तृत योजना तयार गरेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसमक्ष पेश गर्ने निर्णय गरिएको जानकारी दिए ।

उनले छिटोभन्दा छिटो विस्तृत योजना बुझाइने बताए । “त्यसै योजनाका आधारमा विद्यालय खुल्दा शैक्षिक गतिविधिलाई अगाडि बढाउन सहज हुनेछ” उनले भने ।

मन्त्रिपरिषद्को बैठकले आगामी भदौ १ गतेबाट विद्यालय भर्ना लगायतका कार्य गर्न खुला गर्ने निर्णय गरेकोमा गत सोमबारको बैठकले भदौ १६ गतेपछिमात्र नयाँ भर्ना लिने कार्य गर्न पाउने निर्णय गरेको छ । कोरोना सङ्क्रमणबाट सिर्जित अवस्था सामान्य भएमा सुरक्षाका सबै उपाय अपनाएर आगामी असोज १ गतेबाट विद्यालयमा शैक्षिक गतिविधि सञ्चालन गर्न सकिने अवस्था रहन्छ । आगामी असोज १ गतेदेखि चैत मसान्तसम्म अब २०९ दिन बाँकी छ । शिक्षा ऐन तथा नियमावलीमा प्रत्येक शैक्षिक सत्रमा कम्तीमा २२० दिन विद्यालय खोल्नुपर्ने र कम्तीमा १८० दिन पठनपाठन हुनुपर्ने व्यवस्था छ । आगामी असोज १ देखि चैत मसान्तसम्म ३० वटा शनिबार पर्दछन् । दसैँ, तिहार लगायतका चाडपर्व बाहेक १७९ दिनमात्र बाँकी रहन्छ । शैक्षिक क्षतिलाई कम गर्न शनिबार पनि विद्यालय सञ्चालन गर्ने हो र चाडपर्वका लागि पाँच दिन बिदा दिइने हो भने २०४ दिन बाँकी रहन्छ । 

विद्यालय शिक्षामा पठनपाठनसम्बन्धी पाठ्यक्रम प्रारूप २०७६ मा प्रारम्भिक बालविकासको ५७६ कार्यघण्टा, १८ पाठ्यघण्टा कक्षा १-३ सम्मकाे ८३२ कार्यघण्टा २६ पाठ्यघण्टा, कक्षा ४-१० सम्म १०२४ कार्यघण्टा ३२ पाठ्यघण्टा पढनु पर्ने व्यवस्था छ ।

A Levels MA
Thuprai - Books and E-books